दोहोरो अङ्कले घट्यो सेयर बजार

nepse-share-down

४ असार, काठमाडौँ । केही दिन अघिदेखि घट्दो क्रममा रहेको सेयर बजार आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज शेयर बजार १३.६१ बिन्दुले घटेर एक हजार ५७५ मा पुगेको छ ।

कुल १४३ कम्पनीको आठ लाख ४३ हजार ९१२ कित्ता सेयर रु ५९ करोड ३३ लाख ८८ हजार ९२ मा खरिद बिक्री भएको स्टकले जनाएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.९५ बिन्दुले घटेको छ ।

यस्तै, आज सबै समूहको सेयरसमेत घटेको छ । बैंकिङ समूह १७.४, होटल १८.३६, विकास बैंक १०.९३, जलविद्युत् ३१.२८, फाइनान्स ०.८५, बीमा १४.७४, उत्पादन ८.७३ र अन्य समूह १.७४ बिन्दुले घटेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग