नेपालमा आएर फ्रेन्च प्रहरीको अनुसन्धान

सिआइबीसँग मिलेर अनुसन्धान

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)सँग मिलेर उनीहरूले अनुसन्धान गरेका हुन्। उनीहरूलाई साथी नामक संस्थाले अनुसन्धानमा सघाएको थियो। अनुसन्धानको क्रममा फिलिपबाट पीडित १४ जना बालकको पहिचान भएको छ। उनीहरूमध्ये अधिकांश सडकबालक छन्। सबै बालकमाथि भएका यौन दुव्र्यवहारका विवरण उनीहरूले लिएर गएका छन्। मुद्दालाई बलियो बनाउन उनीहरू नेपाल नै आएर अनुसन्धान गरेका हुन्।पारस्परिक कानुनी सहायता सम्झौताअनुसार आफूहरूले फिलिपबारे फ्रेन्च प्रहरीलाई सूचना दिएको सिआइबीका एसएसपी शेरबहादुर बस्नेतले बताए। फ्रेन्च प्रहरीले पठाएको कानुनी सहायतासम्बन्धी सम्झौतामा कानुन मन्त्रालयले स्वीकृत गरेपछि उनीहरूलाई नेपालमा आएर अनुसन्धान गर्न अनुमति दिइएको हो। अनुसन्धानमा सिआइबीका अधिकारीहरूले सघाएका थिए।

बालकहरूसँग अप्राकृतिक यौन गतिविधि

अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार फिलिप समाजसेवीका रूपमा नेपाल आएर बसेका थिए। गरिब बालकलाई खाना र कपडा सहयोग गरेर उनले उनीहरूको यौनशोषण गरेको खुलेको छ। होटेलहरूमा लगेर उनले बालकहरूसँग अप्राकृतिक यौन गतिविधि गर्दथे। समाजसेवीको आवरणमा लामो समय बसेका उनी ‘सेता ब्वाँसो’ उपनामले चिनिन्थे। कतिपयले उनलाई फिलिप अंकल भन्थे।फ्रान्समा पनि धेरैजना बालकमाथि यौन दुराचारको आरोप लागेपछि उनी फरार भएका थिए। इन्टरपोलले उनीमाथि रेडकर्नर नोटिस जारी गरेको थियो। रेडकर्नर नोटिस जारी गरेको १० वर्षपछि उनी केही महिनाअघि पक्राउ परेका हुन्। नेपाल तथा कम्बोडियामा समेत उनले बालयौन दुराचार गरेको खुलेको छ।नेपालमा ०७० मा पारस्परिक कानुनी सहायता ऐन आएको हो। सोही ऐनअनुसार नेपाल प्रहरीले अनुसन्धानमा साझेदारी तथा सूचनाको आदानप्रदान गरेको हो। जसअनुसार नेपालले पनि कुनै देशसँग कुनै अपराधविशेषको अनुसन्धान गर्न पारस्परिक कानुनी सहायता लिएर सम्बन्धित देशमै गएर अनुसन्धान गर्न सक्दछ। यसले अन्तरदेशीय अपराध नियन्त्रणमा सहज हुने प्रहरी अधिकारीहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको