नेपालमा आएर फ्रेन्च प्रहरीको अनुसन्धान

सिआइबीसँग मिलेर अनुसन्धान

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)सँग मिलेर उनीहरूले अनुसन्धान गरेका हुन्। उनीहरूलाई साथी नामक संस्थाले अनुसन्धानमा सघाएको थियो। अनुसन्धानको क्रममा फिलिपबाट पीडित १४ जना बालकको पहिचान भएको छ। उनीहरूमध्ये अधिकांश सडकबालक छन्। सबै बालकमाथि भएका यौन दुव्र्यवहारका विवरण उनीहरूले लिएर गएका छन्। मुद्दालाई बलियो बनाउन उनीहरू नेपाल नै आएर अनुसन्धान गरेका हुन्।पारस्परिक कानुनी सहायता सम्झौताअनुसार आफूहरूले फिलिपबारे फ्रेन्च प्रहरीलाई सूचना दिएको सिआइबीका एसएसपी शेरबहादुर बस्नेतले बताए। फ्रेन्च प्रहरीले पठाएको कानुनी सहायतासम्बन्धी सम्झौतामा कानुन मन्त्रालयले स्वीकृत गरेपछि उनीहरूलाई नेपालमा आएर अनुसन्धान गर्न अनुमति दिइएको हो। अनुसन्धानमा सिआइबीका अधिकारीहरूले सघाएका थिए।

बालकहरूसँग अप्राकृतिक यौन गतिविधि

अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार फिलिप समाजसेवीका रूपमा नेपाल आएर बसेका थिए। गरिब बालकलाई खाना र कपडा सहयोग गरेर उनले उनीहरूको यौनशोषण गरेको खुलेको छ। होटेलहरूमा लगेर उनले बालकहरूसँग अप्राकृतिक यौन गतिविधि गर्दथे। समाजसेवीको आवरणमा लामो समय बसेका उनी ‘सेता ब्वाँसो’ उपनामले चिनिन्थे। कतिपयले उनलाई फिलिप अंकल भन्थे।फ्रान्समा पनि धेरैजना बालकमाथि यौन दुराचारको आरोप लागेपछि उनी फरार भएका थिए। इन्टरपोलले उनीमाथि रेडकर्नर नोटिस जारी गरेको थियो। रेडकर्नर नोटिस जारी गरेको १० वर्षपछि उनी केही महिनाअघि पक्राउ परेका हुन्। नेपाल तथा कम्बोडियामा समेत उनले बालयौन दुराचार गरेको खुलेको छ।नेपालमा ०७० मा पारस्परिक कानुनी सहायता ऐन आएको हो। सोही ऐनअनुसार नेपाल प्रहरीले अनुसन्धानमा साझेदारी तथा सूचनाको आदानप्रदान गरेको हो। जसअनुसार नेपालले पनि कुनै देशसँग कुनै अपराधविशेषको अनुसन्धान गर्न पारस्परिक कानुनी सहायता लिएर सम्बन्धित देशमै गएर अनुसन्धान गर्न सक्दछ। यसले अन्तरदेशीय अपराध नियन्त्रणमा सहज हुने प्रहरी अधिकारीहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले