मुलुकलाई निकास दिन निर्वाचन सारिएको : महरा

krishna-bahadur-mahara_TyHGFxMtwFदाङ– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मुलुकलाई निकास दिनकै लागि २ नम्बर प्रदेशको चुनावको मिति सारिएको बताएका छन् । दाङको घोराहीमा कार्यकर्ता भेटघाटमा मन्त्री महराले निर्वाचनको मिति केही सार्दैमा मुलुकले निकास पाउँछ भने किन नसार्ने भनेर प्रश्न गरे ।भने ‘यसलाई हामीले त्यति ठूलो विषय बनाउनुहुँदैन ।’ सारिएको मितिभित्र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राजपालाई सहमतिमा ल्याएर संविधान संशोधन गरिने महराको भनाइ थियो । महराले अहिलेका जनप्रतिनिधिहरुले सरकार सरह स्थानीय तहमा नीति निर्माण तथा बजेट खर्च गर्न सक्ने भन्दै सिंहदरवारको अधिकार गाउँमा पुग्ने बताए ।
‘सिंहदरवारको वरिपरि बस्नेहरुलाई यो मन परिरहेको छैन’ महराले भने ‘माओवादीको संघर्षका कारण जनताले बास्तविक सत्ता प्राप्त गरेका छन्, यसको रक्षा गर्नु अहिलेको अवाश्यकता हो ।’परराष्ट्रमन्त्री समेत रहेका  उपप्रम महराले नेपालले छिमेकी मुलुकहरुबीच सन्तुलित परराष्ट्र नीति अवलम्वन गर्ने जानकारी दिए । छिमेकका दुई ठूला मुलुक चीन र भारतको आर्थिक विकासबाट नेपालले फाइदा लिन सक्नुपर्ने उनकोे भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट