मुलुकलाई निकास दिन निर्वाचन सारिएको : महरा

krishna-bahadur-mahara_TyHGFxMtwFदाङ– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मुलुकलाई निकास दिनकै लागि २ नम्बर प्रदेशको चुनावको मिति सारिएको बताएका छन् । दाङको घोराहीमा कार्यकर्ता भेटघाटमा मन्त्री महराले निर्वाचनको मिति केही सार्दैमा मुलुकले निकास पाउँछ भने किन नसार्ने भनेर प्रश्न गरे ।भने ‘यसलाई हामीले त्यति ठूलो विषय बनाउनुहुँदैन ।’ सारिएको मितिभित्र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राजपालाई सहमतिमा ल्याएर संविधान संशोधन गरिने महराको भनाइ थियो । महराले अहिलेका जनप्रतिनिधिहरुले सरकार सरह स्थानीय तहमा नीति निर्माण तथा बजेट खर्च गर्न सक्ने भन्दै सिंहदरवारको अधिकार गाउँमा पुग्ने बताए ।
‘सिंहदरवारको वरिपरि बस्नेहरुलाई यो मन परिरहेको छैन’ महराले भने ‘माओवादीको संघर्षका कारण जनताले बास्तविक सत्ता प्राप्त गरेका छन्, यसको रक्षा गर्नु अहिलेको अवाश्यकता हो ।’परराष्ट्रमन्त्री समेत रहेका  उपप्रम महराले नेपालले छिमेकी मुलुकहरुबीच सन्तुलित परराष्ट्र नीति अवलम्वन गर्ने जानकारी दिए । छिमेकका दुई ठूला मुलुक चीन र भारतको आर्थिक विकासबाट नेपालले फाइदा लिन सक्नुपर्ने उनकोे भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी