June 16, 2017

किन सक्रिय भएन मनसुन ?

असार २, २०७४ ,काठमाडौँ  सामान्य अवस्थाभन्दा केही दिन ढिलोगरी सुरु भएको यो वर्षको मनसुन अझै सक्रिय हुन सकेको छैन । गत जेठ २९ गते  बाट नेपालको पूर्वी भागमा प्रवेश गरेको मनसुन पूर्णरुपमा सक्रिय हुन नसक्दा वर्षा राम्रो हुन सकेको छैन । असारको मुखमा वर्षा नहुँदा रोपाइँ गर्न नपाएर किसान खिन्न छन् । केही दिनयता मौसममा फेरबदल भइरहे पनि पर्याप्त वर्षा हुन सकिरहेको छैन् । मनसुनको आगमन पूर्वमा कमजोर तरिकाले आएको हुँदा यो सक्रिय हुन नसकेको मौसमविद् सुवास रिमालले जानकारी दिए । “मनसुनी वर्षा राम्रो हुनका लागि पश्चिमी वायुको प्रभाव कम हुनुपर्छ तर यो वायु अझै पनि रहिरहेको छ, मनसुनी वायुले पश्चिमी वायुलाई धकेलेर सिथिल पार्ने कार्य सोचेजस्तो भएको छैन” – उनले भने। 

मनसुनी वायु क्रमिक रुपमा बढ्दै गएकाले शनिबार र आइतबारदेखि मध्य र पश्चिमी भेगमा अझ बढ्ने र देशका धेरै स्थानमा वर्षा हुने उनको भनाइ छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भागमा मनसुन प्रवेश गरेको भए पनि मनसुन पू्र्णरूपमा सक्रिय हुन र देशका बाँकी भागमा फैलन अझै केही दिन लाग्ने अनुमान गरेको छ । नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्छ । यस आधारमा यो वर्षको मनसुन दुई दिन ढिला गरी सुरु भएको छ । नेपालमा साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८०५ वर्षा हुनेगर्छ । सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९०५ देखि ११०५ सम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिक वर्षा भएको मनिन्छ । मनसुन अरविक भाषा मौसिमबाट आएको हो । यसको अर्थ ‘रिभर्सल अव विण्ड’ हुन्छ । मनसुन हुनुभन्दा पहिला नेपालमा वायु पश्चिमबाट पूर्वतिर बहन्छ । मनसुनी सुरु भए पनि पानी नपरेको जिज्ञासा विभागमा धेरै आइरहेकाले मनसुनी वायु क्रमिक रुपमा पश्चिमतर्फ सर्दै विस्तारै गतिलिने क्रममा रहेकाले अब वर्षा हुनेहुँदा चिन्ता नगर्न किसानलाई मौसमविद्ले आग्रह गरेका छन् । मनसुनी वायु क्रमिक रुपमा पश्चिमतर्फ सर्दै विस्तारै गति लिने क्रममा रहेको छ । भारतमा सामान्यभन्दा अघि मनसुन आएको थियो । यहाँ ९नेपाल० पनि चाँडै आउने अनुमान गरिएको थियो, तर त्यसको ठीक उल्टो केही दिन ढिलागरी मनसुन प्रवेश गरेको छ । मनसुन ढिलो प्रवेश गरी सक्रिय बन्न नसकेको भए पनि वायुमण्डलको वातावरण धेरै राम्रो रहेकाले आगामी दिनमा वर्षा हुने वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले बताए । उहाँका अनुसार एक साताअघि बङ्गालको खाडीमा न्यूनचाँपीय क्षेत्र कडा भएकाले बढी पानी प¥यो जसका कारण नेपालमा मनसुन शक्ति कमजोर पा¥यो । अझै दुई÷चार दिन फाटफुटबाहेक पर्याप्त वर्षा हुने नदेखिएको र काठमाडौँ उपत्यकामा अझै केही दिन अहिलेकै अवस्थामा रहने मौसमविद् श्रेष्ठले जानकारी दिए । महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी सिमारामा १०८, धनगढीमा ४६, पोखरामा ३६, ओखलढुङ्गामा १५, डडेल्धुरामा आठ, विराटनगरमा तीन र दिपायलमा दुई मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको न्यूनतम २० र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले