डिलक्स र ‘सेमी लो-फ्लोर’ बस ल्याउँदै साझा

new-bus१ असार, काठमाडौं । साझा यातायातले १२ वटा डिलक्स बस खरिदका लागि सम्झौता गरेको छ । नेपालमै पहिलोपटक भित्रिने ‘सेमी लो फ्लोर’ बसका लागि पनि आपूर्तिकर्ता कम्पनीसँग सम्झौता गरिएको साझाले जानकारी दिएको छ ।बस किन्न काठमाडौं महानगरपालिकाले साझासँग ५ करोड बराबरको सेयर किनेको छ ।साझाले गरेको टेण्डरमा ५ करोड रुपैयाँमा १२ वटा डिलक्स र एउटा सेमी फ्लोर बस दिने गरी अशोक ले-ल्याण्डसहित तीन कम्पनीले प्रस्ताव हालेका थिए । जसमध्ये सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने आशेक ले-ल्याण्डकै बस ल्याउने गरी आईएमई अटोमोटिभ्ससँग सम्झौता भएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाडेयले  बताए ।

अब महानगरपालिकाले पूर्व समझदारीअनुरुप ५ करोडको चेक उपलब्ध गराउनासाथ बस ल्याउन प्रतितपत्र (एलसी) खोलिने पाण्डेले बताए । ‘हामी काठमाडौं महानगरले दिने भुक्तानीको प्रतिक्षामा छौं’ पाण्डेले भने, ‘जति छिटो रकम आउँछ, हामी त्यति नै छिटो गरेर बस भित्र्याउँछौं र सेवा थाल्छौं ।’एलसी खोलेपछि अर्डरअनुरुपको बस बनाउने काम सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पहिलो पटक हुम्लामा स्याउको मूल्य निर्धारण

हुम्ला, असोज १७ गते । स्याउ उत्पादनको राम्रो सम्भावना भएको हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्याउको

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं, असोज ९ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ ।

 वडाध्यक्ष धमलाविरुद्ध जवरजस्ती करणीको जाहेरी दर्ता

 आश्विन ०७, ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नंम्बर १० का वडाध्यक्षविरुद्ध जवरजस्ती करणीको जाहेरी

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन