काठमाडौँ, ३० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी जेनेभामा आयोजना हुने १०६औँ ‘अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’मा भाग लिन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
राष्ट्रपति भण्डारीले विश्व शिखर बैठकलाई आगामी असार १ गते सम्बोधन गर्नुहुने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार उहाँले विश्व शिखर बैठकमा नेपाली महिलाको राजनीति र रोजगारीको क्षेत्रमा सहभागिता तथा प्रतिनिधित्वका विषयमा प्रकाश पार्नुहुनेछ ।
यस वर्ष अन्तर्राष्ट्रिय श्रम सङ्गठनले राष्ट्रपति भण्डारीका साथै माल्टा तथा मरिससका राष्ट्रप्रमुखलाई समेत शिखर बैठकमा आमन्त्रित गरेको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले नेपालको राष्ट्रप्रमुखलाई यस्तो शिखर बैठकमा सम्बोधन गर्न आमन्त्रण गरेको यो पहिलोपटक हो । नेपाल सन् १९६६ मा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सदस्य
बनेको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार असार १ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गाय राइडरले राष्ट्रपति भण्डारीसँग भेट्नुका साथै उहाँको सम्मानमा दिवाभोज आयोजना गर्नुहुने कार्यक्रम तय भएको छ । साथै त्यही दिन राष्ट्रपति भण्डारीको सम्मानमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत तथा स्थायी प्रतिनिधि दीपक धिताल तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनले जेनेभामा स्वागत गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीका साथमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, राष्ट्रपतिका स्वकीय सचिव डा. विमला पौड्याल राईका साथै परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकृत सहभागी हुने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति भण्डारी असार ४ गते स्वदेश फर्कनुहुनेछ ।
यसैवीच राससका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच सोमवार साँझ शीतल निवासमा भेटवार्ता भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटघाट भएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठनको १०६औँ श्रम सम्मेलनमा सहभागी हुन मङ्गलबार त्यसतर्फ जाँदै हुनुहुन्छ ।
रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
सिड्नी, साउन १९ गते। अस्ट्रेलियाली प्रहरीले एक चिनियाँ नागरिकविरुद्ध विदेशी सरकारको पक्षमा जासुसी गरेको आरोपमा
काठमाडौं, साउन १६ गते। आजको रात बागमती प्रदेशका पहाडी भेगमा भारी वर्षाको चेतावनी दिइएको छ।
कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग
खोटाङ, असोज २५ गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा