June 7, 2017

बाबुरामले भने- देउवाको जित भयो । दाहालको भुमिका आश्चर्यजनक

जेठ २४, काठमाडौं – शेरबहादु देउवा तीनै प्रधानमन्त्री हुन् जसलाई तत्कालिन संयुक्त जनमोर्चा (नेकपा माओवादी) का तर्फबाट बाबुराम भट्टराईको नेतृत्वमा २०५२ माघ २२ गते ४० बुदे माग प्रस्तुत गरिएको थियो । ती माग पुरा गर्न देउवा गम्भीर बनेनन् र २०५२ फागुन १ गते नेकपा माओवादीको नामबाट मुलुकमा जनयुद्ध घोषणा गरियो । आजको नागरिकमा खबर छ ।

तर, २३ बर्षपछि परिस्थिति भिन्न भयो । जसले आफ्नो टाउकाको मूल्य तोक्यो, तिनैलाई प्रधानमन्त्री बनाउन माओवादी नेता पुष्पकमल दाहालले मुख्य भूमिका खेले । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराइले देउवालाई सघाउने दाहालको भूमिकालाई आश्चर्यको रुपमा लिएका छन् ।

‘जसले माओवादी सिध्याउन संकटकाल लगाए, आतंकककरी घोषणा गरे, जसले टाउकाको मोल तोके, आज उनैलाई माओवादीका सर्वोच्च कमाण्डरले प्रधानमन्त्री बनाउन सहयोग गरेको देखियो ।’ भट्टराइले भने, ‘माओवादीकै समर्थनमा प्रधानमन्त्री हुनु भनेको शेरबहादुर देउवाजीको जित हो, विजयाका लागि बधाइ पनि छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०