२३ जेठ – बलिउड अभिनेता सलमान खान आफ्ना दुई भाईहरुलाई खुब माया गर्छन् । उनका दुवै भाई अरवाज र सोहेल खान पनि फिल्म इन्डष्ट्रीमै छन् ।
हालै बीबीसीसँगको एक अन्तरवार्तामा सलमानले भाईहरुको करिअरप्रति चिन्ता व्यक्त गरे । उनले आफ्नो कारणले भाई माथि उठ्न नसकेको बताए ।
‘जब उनीहरु फिल्ममा आए, म अर्को लेभलमा पुगिसकेको थिएँ,’ सलमानले भने, ‘त्यतिबेला निर्माता-निर्देशकहरु मेरा भाईहरुलाई जस्तोतस्तो रोल दिँदा म रिसाउँछु कि भन्ने ठान्थे । त्यसैले उनीहरुले पर्याप्त मात्रामा फिल्म नै पाएनन् । आफूलाई ग्रुम गर्नै सकेनन् ।’
यद्यपि भाईहरु अभिनयमा पछि परे पनि फिल्म प्रोड्युसरका रुपमा राम्रो गरिरहेको भन्दै सलमानले सन्तोष व्यक्त गरे । उनको आगामी फिल्म ‘ट्युवलाइट’ मा सोहेलले पनि अभिनय गरेका छन् ।
सोही अन्तरवार्तामा सलमानलाई सोधिएको थियो कि तपाईंको ट्यूवलाइटले बाहुबली २ को रेकर्ड तोड्न सक्ला कि नसक्ला ?
यसको जवाफमा सलमानले भने, ‘बाहुबली २ र दंगलले बनाएको रेकर्ड तोड्न अब धेरै समय लाग्छ । तर, कथंकदाचित मेरो फिल्मले तोडिहाल्यो भने म आफ्नो भनाई फिर्ता लिनेछु ।’
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार १४, काठमाडौँ। मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं