विश्वमा सबैभन्दा पहिले नग्न बस्ती कुन देशमा बस्यो होला ? पत्यार नलाग्न सक्छ, यस्तो निर्वस्त्र वस्ती दुनियामा सबैभन्दा पहिले छिमेकी देश भारतमा बसेको हो ।
झण्डै १२५ वर्ष पहिले अर्थात् सन् १८९१ मा भारतको मुम्बई नजिकै रहेको थाणेमा विश्वकै पहिलो न्युडिस्ट कोलोनी अर्थात् नग्न बस्ती बसेको थियो ।
उक्त नग्न बस्तीको नाम थियो, द फेलोसिप अफ द नेकेड ट्रस्ट । संस्थापक थिए, चाल्र्स एडवार्ड गार्डन क्रार्फड । उनी तत्कालीन न्यायाधीश पनि थिए ।
एडवर्ड कारपेन्टर नामका व्यक्ति चाहीँ भिक्टोरियाकालीन बेलायतमा कर्मी थिए । उनलाई गे गुरु पनि भनिन्थ्यो । भारतका रविन्द्रनाथ टेंगोरसँग उनको दोस्ती भयो । एडवर्डले चाल्र्सद्धारा लिखित चारवटा पत्र फेला पारे । जसमा चाल्र्सले आफुले खोलेको फेलोसिप अफ नेकेड ट्रस्टको नाम उल्लेख गरेका थिए ।
यो न्युडिस्ट क्लब निकै सानो थियो । जसमा तीनजना सदस्य थिए । चाल्र्स क्रार्फड, एन्ड्रू र केलग काल्डरवुड । चाल्र्स एक विदुर थिए भने अन्य दुईजना एक मिसनरीका छोराहरु । पछि एक अर्की महिलाले पनि यो न्युडिस्ट क्लबको सदस्यता लिन चाहेकी थिइन् तर दिइएन ।
चाल्र्सले आफ्नो पत्रमा लेखेका छन्ः हामीले दुई दिनको विदा कपडा नलगाइकन मनाउँथ्यौँ । बिहानदेखि रातिसम्म नांगै बस्थ्यौं । त्यसक्रममा घरका कामदारलाई पनि विदा दिन्थें ।
तर त्यसको एकवर्ष भित्रैमा चाल्र्सले एथेल नामक एक महिलासँग पुनर्विवाह गरेर रत्नागिरी गए । त्यसपछि उक्त निर्वस्त्र वस्ती बन्द भयो ।
रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
सिड्नी, साउन १९ गते। अस्ट्रेलियाली प्रहरीले एक चिनियाँ नागरिकविरुद्ध विदेशी सरकारको पक्षमा जासुसी गरेको आरोपमा
काठमाडौं, साउन १६ गते। आजको रात बागमती प्रदेशका पहाडी भेगमा भारी वर्षाको चेतावनी दिइएको छ।
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो