सलमान : १६ जुलाई ‘कट्रिना दिवस’

salman-and-katrina-768x481

२१ जेठ – बलिउडमा सम्बन्ध टुट्न र जोडिन खासै समय लाग्दैन । ब्रेकअपपछि बोलचाल बन्द गरेर बसेका सलमान खान र कट्रिना कैफ अहिले यति नजिक भएका छन् । एक महिना पछि आउने कटि्रनाको जन्मदिन मनाउन सलमानलाई निकै हतार भैसकेको छ ।

१६ जुलाईमा कट्रिना ३४ वर्ष लाग्ने भएकी छिन् भने यसपाली उनले जन्मदिन अमेरिकाको न्युयोर्कमा मनाउने भएकी छिन् । न्युयोर्क इन्टरनेशनल इण्डियल फिल्म एकेडमी (आइआइएफए) मा सहभागी हुने तयारीमा रहेकी कट्रिनाले जन्मदिन त्यही मनाउने भएकी छिन् ।

उनले फिल्म फेष्टिभलमा सहभागी हुने सन्दर्भमा कुरा गर्दै भनिन्-‘यसपाली मेरो जन्मदिन पनि न्युयोर्कमा मनाउँछु, जुन मलाई मन पर्ने शहर पनि हो ।’ कट्रिनाको कुरामा सहि थाप्दै सलमानले भने- अब १६ जुलाईलाई कट्रिना दिवस भन्नुपर्छ । सिंगै अमेरिकाले कट्रिनाको जन्मदिन मनाउँछ ।’ सलमानको कुरा सुनेपछि कट्रिनाले हाँसेर हो हो भनिन् ।

पाँच वर्ष अघि कट्रिना आइफामा सहभागी भएकी थिइन् । यसपालीको सहभागीतालाई उनले आफ्नो लागि महत्वपूर्ण अवसर भएको टिप्पणी गरेकी छिन् ।

सलमान खानको साथमा ‘टाइगर जिन्दा हे’को सुटिङमा व्यस्त कट्रिनाले सलमानसँग काम गर्दा निकै रमाइलो हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको