काठमाण्डौँलाइ स्वर्ग बनाउने

Clean-the-City-Kathmandu-1काठमाडौं, १९ जेठ । काठमाडौं महानगरपालिकाकानवनिर्वाचित मेयर तथाउपमेयरले काठमाडौं महानगरलाई धुलोरहित, धुवाँरहितबनाउने र सुन्दर र समृद्ध बनाउने विश्वास दिलाएका छन् ।
शुक्रबार राजधानीमा नवनिर्वाचित मेयर तथा उपमेयरलाई बधाई तथाशुभकामना दिनआयोजना गरेको विशेष कार्यक्रममा सम्मानित भएपछि सम्बोधन गर्दै नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले आफूले बोलेको कुरा पूरा गरेरै छाड्ने बताए । उनले भने,‘म नसक्ने कुरा बोल्दिन्, सक्ने कुरा बोल्छु र बोलेका कुराहरु पूरा गराएरै छोड्छु ।’ शाक्यले काठमाडौं स्वर्ग रहेको बताउँदै यसलाई स्वर्ग बनाउनेतिर सबैको साथ र सहयोग रहे आफू काठमाडौंलाई समृद्ध बनाउनलागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
शाक्यले मतदाताहरुले दिएको जिम्मेवारी आफूले कुनैपनिहालतमा पूरा गरेरै छाड्ने समेत बताए । उनले भने,‘मतदाताहरुले दिएको जिम्मेवारी पूरा गर्छु, हामीले कार्यभार सम्हालेलगत्तै महत्वपूर्ण ११ वटा निर्णयहरु समेत गरिसकेका छौं, समय अत्यन्तै थोरै छ, छोटो समयमापनिहामीले जनताको खासगरी महानगरवासीहरुको मन जित्नुपर्नेछ, बोलिसकेपछि ती सबै काम पूरा गर्नुपर्छ, म यो विषयमाअत्यन्तै संवेदनशील छु।’
उनले आफ्नो पहिलो प्राथमिकता नै धुलो र धुवाँरहित काठमाडौं भएकोले सोहीअनुसार ‘क्लिन द सिटी’ अभियान सुरु भैसकेको समेत जानकारी दिए । शाक्यले भने,‘क्लिन द सिटी अभियान सुरु भैसकेको छ, हामीअब ३२ वटै वडामा यो अभियानलाई सुरु गर्छौं।’
उनले क्लिन द सिटी अभियानमाथुप्रै संघसंस्थाहरुले साथदिने बताईसकेको समेत जानकारी दिए । शाक्यले भने,‘अहिले केही समय हामीआँफै काम गर्छौं।’
शाक्यले आफूहरुको लागिअभिनन्दनपनिबोझभएको बताए । उनले भने,‘सम्मानतथाअभिनन्दपनिहाम्रो लागि ठूलो बोझहो, जिम्मेवारी थपिएको छ।’
त्यस्तै उपमेयर हरिप्रभा खड्गीश्रेष्ठलेपनिमहानगरलाई धुलो तथाधुवाँरहितबनाउने अठोट व्यक्त गरेकी छिन् । उनले मतदाताहरुले दिएको विश्वासलाई कुनैपनिहालतमाधोकानदिने विश्वास व्यक्तगरिन् ।
उनले जनताकाजायजमाँगहरु पूरा गराउनको लागिआफूले कुनै कसर बाँकी नराख्ने जिकिर गरिन् । उनले भने,‘महिला सशक्तिकरणको लागिउहाँहरुलाई क्रियाशीलबनाउनको लागिकामगर्नेछु।’ उनले युवाहरुलाई स्वदेशमै राख्नको लागिआफूले प्रयास गर्ने समेत विश्वास दिलाईन् । उनले आफूहरुको यतिवेलामुख्यतीन वटा एजेण्डाहरु रहेको समेत स्पष्ट पारिन् ।उनकाअनुसार धुलो र धुवाँरहित राजधानीबनाउने, महिला सशक्तीकरण र युवाहरुरुलाई स्वरोजगार सिर्जनागर्ने रहेका छन्।
उनले आफूलाई पार्टीको पूर्ण साथ र सहयोग समेत रहेकोले कामगर्न सजिलो हुने बताईन् । श्रेष्ठले मेयरसँग मिलेर कामगर्ने समेत विश्वास व्यक्त गरे ।
कार्यक्रममाक्लबका सभापतिऋषिधमलाले नवनिर्वाचित मेयर तथाउपेमयरलाई आफूहरुले बोलेको कुराहरु पूरा गर्नको लागिआग्रह गरे ।
उनले भने,‘तपाईहरुले जनतासँग गरेका सबै वाचाहरु पूरा गर्नुपर्छ, अब भाषण होईन, विकास गर्नुहोस्, काठमाडौं शहरलाई पूर्नजिर्वित गर्नुपर्छ, यसको गुमेको शाखलाई पूनःल्याउनुपर्यो, काठमाडौंलाई सँधै हराभरा र समृद्ध बनाउनयहाँहरुलाई दिनरात मेहनतगर्नुपर्ने बेलाआएको छ, क्लबको सँधै यहाँहरुलाई साथ र सहयोग रहन्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका