काठमाण्डौँलाइ स्वर्ग बनाउने

Clean-the-City-Kathmandu-1काठमाडौं, १९ जेठ । काठमाडौं महानगरपालिकाकानवनिर्वाचित मेयर तथाउपमेयरले काठमाडौं महानगरलाई धुलोरहित, धुवाँरहितबनाउने र सुन्दर र समृद्ध बनाउने विश्वास दिलाएका छन् ।
शुक्रबार राजधानीमा नवनिर्वाचित मेयर तथा उपमेयरलाई बधाई तथाशुभकामना दिनआयोजना गरेको विशेष कार्यक्रममा सम्मानित भएपछि सम्बोधन गर्दै नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले आफूले बोलेको कुरा पूरा गरेरै छाड्ने बताए । उनले भने,‘म नसक्ने कुरा बोल्दिन्, सक्ने कुरा बोल्छु र बोलेका कुराहरु पूरा गराएरै छोड्छु ।’ शाक्यले काठमाडौं स्वर्ग रहेको बताउँदै यसलाई स्वर्ग बनाउनेतिर सबैको साथ र सहयोग रहे आफू काठमाडौंलाई समृद्ध बनाउनलागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
शाक्यले मतदाताहरुले दिएको जिम्मेवारी आफूले कुनैपनिहालतमा पूरा गरेरै छाड्ने समेत बताए । उनले भने,‘मतदाताहरुले दिएको जिम्मेवारी पूरा गर्छु, हामीले कार्यभार सम्हालेलगत्तै महत्वपूर्ण ११ वटा निर्णयहरु समेत गरिसकेका छौं, समय अत्यन्तै थोरै छ, छोटो समयमापनिहामीले जनताको खासगरी महानगरवासीहरुको मन जित्नुपर्नेछ, बोलिसकेपछि ती सबै काम पूरा गर्नुपर्छ, म यो विषयमाअत्यन्तै संवेदनशील छु।’
उनले आफ्नो पहिलो प्राथमिकता नै धुलो र धुवाँरहित काठमाडौं भएकोले सोहीअनुसार ‘क्लिन द सिटी’ अभियान सुरु भैसकेको समेत जानकारी दिए । शाक्यले भने,‘क्लिन द सिटी अभियान सुरु भैसकेको छ, हामीअब ३२ वटै वडामा यो अभियानलाई सुरु गर्छौं।’
उनले क्लिन द सिटी अभियानमाथुप्रै संघसंस्थाहरुले साथदिने बताईसकेको समेत जानकारी दिए । शाक्यले भने,‘अहिले केही समय हामीआँफै काम गर्छौं।’
शाक्यले आफूहरुको लागिअभिनन्दनपनिबोझभएको बताए । उनले भने,‘सम्मानतथाअभिनन्दपनिहाम्रो लागि ठूलो बोझहो, जिम्मेवारी थपिएको छ।’
त्यस्तै उपमेयर हरिप्रभा खड्गीश्रेष्ठलेपनिमहानगरलाई धुलो तथाधुवाँरहितबनाउने अठोट व्यक्त गरेकी छिन् । उनले मतदाताहरुले दिएको विश्वासलाई कुनैपनिहालतमाधोकानदिने विश्वास व्यक्तगरिन् ।
उनले जनताकाजायजमाँगहरु पूरा गराउनको लागिआफूले कुनै कसर बाँकी नराख्ने जिकिर गरिन् । उनले भने,‘महिला सशक्तिकरणको लागिउहाँहरुलाई क्रियाशीलबनाउनको लागिकामगर्नेछु।’ उनले युवाहरुलाई स्वदेशमै राख्नको लागिआफूले प्रयास गर्ने समेत विश्वास दिलाईन् । उनले आफूहरुको यतिवेलामुख्यतीन वटा एजेण्डाहरु रहेको समेत स्पष्ट पारिन् ।उनकाअनुसार धुलो र धुवाँरहित राजधानीबनाउने, महिला सशक्तीकरण र युवाहरुरुलाई स्वरोजगार सिर्जनागर्ने रहेका छन्।
उनले आफूलाई पार्टीको पूर्ण साथ र सहयोग समेत रहेकोले कामगर्न सजिलो हुने बताईन् । श्रेष्ठले मेयरसँग मिलेर कामगर्ने समेत विश्वास व्यक्त गरे ।
कार्यक्रममाक्लबका सभापतिऋषिधमलाले नवनिर्वाचित मेयर तथाउपेमयरलाई आफूहरुले बोलेको कुराहरु पूरा गर्नको लागिआग्रह गरे ।
उनले भने,‘तपाईहरुले जनतासँग गरेका सबै वाचाहरु पूरा गर्नुपर्छ, अब भाषण होईन, विकास गर्नुहोस्, काठमाडौं शहरलाई पूर्नजिर्वित गर्नुपर्छ, यसको गुमेको शाखलाई पूनःल्याउनुपर्यो, काठमाडौंलाई सँधै हराभरा र समृद्ध बनाउनयहाँहरुलाई दिनरात मेहनतगर्नुपर्ने बेलाआएको छ, क्लबको सँधै यहाँहरुलाई साथ र सहयोग रहन्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे

मुलुकको समृद्धि श्रमबाट मात्रै सम्भव छ : अध्यक्ष साम्पाङ

कात्तिक  १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट