भारतमा जस्टिन बिबरको चर्को आलोचना

काठमाडौं, वैशाख २९ । क्यानेडियन चर्चित गायक जस्टिन बिबरले भारतमा आयोजित कन्र्सटमा दर्शकलाई झुक्काएको भन्दै उनको चर्को आलोचना भएको छ ।

मुम्बईको डिवाइ पाटिल रंगशालामा आयोजित प्रत्यक्ष कन्र्सटमा करिब ५० हजार दर्शककासामु बिबरले पहिल्यै रेकर्ड गरिएको संगीतमा ‘लिपसिङ’मात्र गरेका थिए ।

भारतीय न्यूज एजेन्सी ‘एएनआइ’काअनुसार प्रत्यक्ष भनिएको उनको कन्र्सटमा लिपसिङ अर्थात् पूर्ववत् रेकर्ड गीतमा लय मिलाएर मुखमात्र चलाएपछि अहिले फेसबुक र ट्वीटरमार्फत् उनको आलोचना भएको हो ।

कतिपय दर्शकहरुले यस कन्र्सटलाई ‘फेक’ तथा दर्शक झुक्काएकाले बिबरलाई अब भारत नआउनसमेत अनुरोध गरेका छन् । साथै, दर्शकहरुले बिबरमात्रै नभइ आयोजकसमेत दोषी रहेको उल्लेख गरेका छन् ।

गत बुधबार साँझ बिबरले कन्र्सटमा करिब दुई घन्टा प्रस्तुति दिएका थिए । तर, उनले कन्र्सटमा ‘लिपसिङ’ गरेको खबर बिहीबार (हिजो)मात्र बाहिर आएको हो ।

यस विषयमा बिबरले दर्शकसँग माफीसमेत मागेका छन् । तर, उनका सर्मथकहरुले बिबरको माफीको कुनै अर्थ नभएको प्रतिक्रिया दिएका छन् ।

कन्र्सटमा भारतीय कलाकारहरुकोसमेत उलेख्य सहभागिता रहेको थियो । भारतीय कलाकार सोनाली वेन्द्रेले उक्त कन्र्सट पैसा र समयको बर्बादी भएको प्रतिक्रिया दिएकी छन्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि