
एजेन्सी : उत्तर कोरियाका राष्ट्रपति किम जोन उनको हत्या गर्ने अमेरिकी खुफिया एजेन्सी सिआईएको योजना बाहिर आएपछि उत्तर कोरिया अमेरिकासँग थप रुष्ट भएको छ । उत्तर कोरियाले जुनसुकै बेला आफूमाथि आक्रमण गर्न सक्ने हल्ला अमेरिकाले फैलाएको छ । रक्षात्मक रणनीति अपनाइरहेको उत्तर कोरिया हाल आक्रमक रुपमा प्रस्तुत भएको अमेरिकी ठहर छ ।
अमेरिकाका इएमपी टाक्सफोर्सका कार्याकारी निर्देशक ‘पिटर भिसेन्ट प्रे’ ले एक सञ्चार माध्यामलाई दिएको अन्तर्वार्तामा यस्तो दावी गरेका छन् ।
उत्तर कोरियाले सन २०१२ र २०१६ मा दुईवटा सेटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । केएमएस ३-२ र केएमएस-४ नामका दुई सेटेलाइटले करीब डेढ घण्टामा पृथ्वीको फेरो मार्न सक्ने प्रेको दावी छ । यिनै सेटेलाइटको प्रयोग गरी उच्च कोटीका परमाणु हतियारको सहयतामा अमेरिकामाथि साइबर आक्रमण समेत गर्न सक्ने भन्दै प्रेले चिन्ता व्यक्त गरेका छन् ।
त्यसबाट सञ्चार सेवा अवरुद्ध हुनुका साथै वायुमण्डलको सन्तुलन नष्ट हुँदा हवाई यानहरु समेत उडाउन नसकिने अमेरिकी अधिकारी प्रेको दावी छ । यसबाट अमेरिकामा मात्रै नभएर विश्वभर असर पर्ने पनि उनी बताउछन् ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद