May 9, 2017

उत्तर कोरियाले अर्का अमेरिकी नागरिकलाई हिरासतमा लियो

प्योङ्याङ्ग: उत्तर कोरियाले एक अर्का अमेरिकी नागरिकलाई हिरासतमा लिएको छ । अमेरिकासँग बढ्दो तनावबीच उत्तर कोरियाले एक अर्का अमेरिकी नागरिकलाई हिरासतमा लिएको हो । एक महिनामा अमेरिकी नागरिकलाई हिरसातमा लिएको यो दोस्रो घटना हो ।

उत्तर कोरियाले ती अमेरिकी नागरिकलाई प्योङ्गयाङ्गविरुद्ध शत्रुपूर्ण गतिविधि बढाएको आरोपमा गिरफ्तार गरेको हो । समाचार अनुसार किम हाक-साङ्गले प्योङ्गयाङ्ग युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नालोजीको सञ्चालनका लागि काम गरेका थिए ।

समाचारमा ‘एक प्रासङ्गिक संस्थान अब यस अपराधको विस्तृत जाँचमा जुटेको छ ।

किम अघिल्लो दुई सातामा गिरफ्तार भएका दोस्रो अमेरिकी नागरिक हुन् । अघिल्लो साता उत्तर कोरियाले अमेरिकी नागरिक एवम् लेखा प्रोफेसर किम साङ्ग दुक अर्थात टोनी किमलाई गत २२ अप्रिलमा गिरफ्तार गरेको पुष्टि भएको थियो । गिरफ्तार दुवै व्यक्ति कोरियाली मूलका हुन् । उनीहरु त्यहाँ शिक्षकको रुपमा क्रियाशील थिए ।

उत्तर कोरियाको परमाणु एवम् मिसाइल महत्वाकांक्षालाई लिएर दुवै देशबीच तनावको अवस्था रहेको छ । संयुक्त राष्ट्र संघमा उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिँदै आफूलाई सिरिया नसम्झिन पनि भनेको छ।

अमेरिकाले आफूलाई उकासिरहेमा परमाणु हमला गर्ने चेतावनी पनि दिएको छ। उत्तर कोरियाले अब हरेक साता परमाणु परीक्षण गर्ने धम्की पनि दिएको छ ।

आफूलाई कसैले रोक्न नसक्ने जनाउँदै उत्तर कोरियाले अमेरिकाको आक्रामकताको जवाफ दिन आफु तयार रहेको पनि उल्लेख गरेको छ। पनडुब्बी निगरानी प्रविधिले दक्षिण कोरिया र प्रशान्त महासागरमा मात्रै होइन अमेरिकाको मूख्य भूमिमा पनि आफूले आक्रमणका लागि निगरानी गरिरहेको उत्तरले जनाएको छ ।

उत्तर कोरियाले अन्तरराष्ट्रिय समुदायको प्रतिबन्धलाई बेवास्ता गर्दै मिसाइल परीक्षणलाई तीब्र बनाएको छ । सिरियामा मिसाइल हमलापछि अमेरिकाको तर्फबाट कोरियाली प्रायद्वीपमा आफ्नो युद्ध समुद्री जहाज पठाएको जवाफमा उत्तर कोरियाले यो मिसाइल परीक्षण गरेको थियो ।

तर पनि यो मिसाइल परीक्षण विफल भएको थियो । अमेरिका र दक्षिण कोरियाका रक्षा अधिकारीले यो कुराको पुष्टि गरेका हुन् । उत्तर कोरियाको यस कदमबाट कोरियाली प्रायद्वीपमा तनाव अझै बढ्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद