बीबरको कन्सर्ट ‘होस्ट’का लागि शाहरुख-सलमानबीच होडवाजी, श्रद्धा र परिणीतिबीच झगडा

jastin_salman_sharukh

२४ बैशाख, एजेन्सी । चर्चित युवा पप गायक जस्टिन बीबर ७ मेमा कन्सर्टका लागि भारतको मुम्बईमा आउँदैछन् । कन्सर्टको होस्टका लागि अभिनेता शाहरुख खाना र सलमान खानबीच होडबाजी मच्चिएको खबर सुन्नमा आएको छ ।

ह्वाइट फक्स इन्डियाद्धारा आयोजना गर्न लागिएको  कन्सर्टका लागि बीबर आफ्नो ‘पर्पज टुर’को माध्यमबट ८ मेमा मुम्बई आइपुग्ने छन् । खबरलाई मान्ने हो भने, कन्सर्टको होस्ट’को लिस्टमा भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको नाम पनि समावेश छ । १० मे का दिन मुम्बईस्थित डीभाई पाटील स्टेडियममा बीबरको कन्सर्ट हुनेछ ।

होस्टलाई लिएर विवाद मात्रै होइन, अभिनेत्रीबीच पनि तछाड–मछाडको स्थिति सृजना भएको छ । आगामी फिल्म ‘हाफ गर्लफ्रेन्ड’ र ‘मेरी प्यारी बिन्दु’का टिमबीच पनि कन्सर्टमा प्रस्तुती दिनेलाई लिएर होड–बाजी चलको छ । दुवै फिल्मका निर्माताहरु बीबर मञ्चमा पुग्नअघि आ–आफ्नो फिल्म प्रमोसन गर्न चाहान्छन् । तर, कन्सर्ट आयोजकहरुले भने उनीहरु कन्सर्टको ‘एक्सक्लूसिभ फिल्म प्रमोशन पार्टनर’ बनुन भन्ने चाहान्छन् ।

सबैभन्दा रोमाञ्चक कुरा के छ भने दुवै फिल्मका अभिनेत्री श्रद्धा कपूर र परिणीति चोपडा पनि कन्सर्टमा भाग लिन चाहान्छन् । यता कन्सर्ट आयोजक भने दुई भने एकलाई मात्र कन्सर्टमा भाग लिन सक्ने बताएका छन् । यसै कारण दुई अभिनेत्रीबीच झगडासमेत भएको बताइएको छ । दुवैलाई आ–आफ्नो आगामी फिल्म प्रचार गर्न योभन्दा राम्रो अवसर हुन नसक्ने थाहा छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको