काठमाडौं, २४ वैशाख । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले चुनाव जितेमा तानाशाही व्यवहार गर्ने बताएका छन् ।
आइतबार ललितपुरमा उम्मेदवारको परिचय तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ओलीले भने, ‘ एमाले र राप्रपाको तालमेल गलत तत्वहरुलाई हराउनको लागि हो । ०४८ सालमा बहुमत ल्याएको काँग्रेसले त्यसको सदुपयोग गरेर जनतालाई गोली हान्यो । किन हानेको भन्दा गोलीको आँखा हुन्न भन्यो । म भन्छु गोलीको होइन काँग्रेसकै आँखा छैन । काँग्रेस तानाशाही हो । काँग्रेसलाई बहुमत दियो भने उ तानाशाही हुन्छ ।’
अध्यक्ष ओलीले प्रधानन्यायाधीश सुशिला कार्कीलाई महाअभियोग लगाउँदा काँग्रेस अगाडि देखा परेको तर तत्कालिन अख्तियार प्रमुख लोकमनसिंह कार्कीलाई महाअभियोग लगाउँदा डराएको भन्दै यस्तो हर्कतले काँग्रेस सुशासनको पक्षमा नरहेको आरोप समेत लगाए ।
११ चैत्र, काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले गरीब, बिपन्न
११चैत,काठमाडौं। कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनका क्रममा चैत ५ गते भएको घटनाबारे छानबिन गर्न सरकारले
११ चैत, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई उपेक्षा गरेर देशको राजनीति
११ चैत,काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना
१० चैत, काठमाडौं । सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको छ
१० चैत,नयाँदिल्ली। भारतीय कंग्रेसका नेता राहुल गान्धीको संसद सदस्यता खारेज गरिएको छ। लोकसभा सचिवालयले एक