
रुसी सेनाका पूर्व कर्णेल भिक्टोर बारानेत्जले एक रुसी अखबारलाई दिएको अन्तरवार्तामा यस्तो खुलासा गरिएको हो । भिक्टोरका अनुसार अमेरिकाको पूर्वी तटीय क्षेत्रमा रुसले परमाणु बम बिछ्याएको छ । युद्धको अवस्थामा ती बम विस्फोट गराउनासाथ ठूलो सुनामीको छाल आउने र अमेरिकी तटीय सहर डुबाउने पनि उनले दाबी गरे ।
रक्षा बजेटमा रुसले अमेरिकाको हाराहारी खर्च गर्न नसक्ने जिकिर गर्दै उनले कम बजेटमा बढी क्षति गराउने कला प्रयोग गर्न थालिएको बताएका छन् । हावामा विस्फोट गराउने न्यूक्लियर क्षेप्यास्त्र पनि रुसको खास हतियार रहेको उनले बताए । यसबाट हुने क्षतिको अनुमानसमेत गर्न नसकिने उनको भनाइ छ ।
उनले भने, ‘हामीसँग यस्तो परमाणु बम छ, जसले अमेरिकाको कार्य प्रणालीलाई यसरी प्रभावित गर्छ कि कुनै कम्प्यूटरले त्यसको लेखाजोखा गर्न सक्दैन ।’
उदाहरणका रुपमा उनले अगाडि भने, ‘मानौं अमेरिका आफ्नो ट्यांक, विमान र सेनाको बटालियनलाई रुसको सीमामा उतार्दैछ, हामीले अमेरिकाको तटरेखामा गुप्त रुपमा परमाणु मिसाइल तैनाथ गरेका छौं । ती मिसाइल त्यतिबेलासम्म विस्फोट हुँदैनन्, जबसम्म त्यसमा कमाण्ड दिइदैंन ।’
अन्तरवार्तामा यति बताइसकेपछि अचानक उनले भने, ‘ओह ! मैले धेरै नै भनिसकेँ, मैले आफ्नो जिब्रोलाई अब नियन्त्रण गर्नुपर्छ ।’
रुस सरकारले भने भिक्टोरको यो भनाईलाई अस्वीकार गरेको छ । उनको भनाइलाई गम्भीरतापूर्वक लिन जरुरी नभएको रुसले प्रष्ट पारेको छ । (एजेन्सी)
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद