
रुसी सेनाका पूर्व कर्णेल भिक्टोर बारानेत्जले एक रुसी अखबारलाई दिएको अन्तरवार्तामा यस्तो खुलासा गरिएको हो । भिक्टोरका अनुसार अमेरिकाको पूर्वी तटीय क्षेत्रमा रुसले परमाणु बम बिछ्याएको छ । युद्धको अवस्थामा ती बम विस्फोट गराउनासाथ ठूलो सुनामीको छाल आउने र अमेरिकी तटीय सहर डुबाउने पनि उनले दाबी गरे ।
रक्षा बजेटमा रुसले अमेरिकाको हाराहारी खर्च गर्न नसक्ने जिकिर गर्दै उनले कम बजेटमा बढी क्षति गराउने कला प्रयोग गर्न थालिएको बताएका छन् । हावामा विस्फोट गराउने न्यूक्लियर क्षेप्यास्त्र पनि रुसको खास हतियार रहेको उनले बताए । यसबाट हुने क्षतिको अनुमानसमेत गर्न नसकिने उनको भनाइ छ ।
उनले भने, ‘हामीसँग यस्तो परमाणु बम छ, जसले अमेरिकाको कार्य प्रणालीलाई यसरी प्रभावित गर्छ कि कुनै कम्प्यूटरले त्यसको लेखाजोखा गर्न सक्दैन ।’
उदाहरणका रुपमा उनले अगाडि भने, ‘मानौं अमेरिका आफ्नो ट्यांक, विमान र सेनाको बटालियनलाई रुसको सीमामा उतार्दैछ, हामीले अमेरिकाको तटरेखामा गुप्त रुपमा परमाणु मिसाइल तैनाथ गरेका छौं । ती मिसाइल त्यतिबेलासम्म विस्फोट हुँदैनन्, जबसम्म त्यसमा कमाण्ड दिइदैंन ।’
अन्तरवार्तामा यति बताइसकेपछि अचानक उनले भने, ‘ओह ! मैले धेरै नै भनिसकेँ, मैले आफ्नो जिब्रोलाई अब नियन्त्रण गर्नुपर्छ ।’
रुस सरकारले भने भिक्टोरको यो भनाईलाई अस्वीकार गरेको छ । उनको भनाइलाई गम्भीरतापूर्वक लिन जरुरी नभएको रुसले प्रष्ट पारेको छ । (एजेन्सी)
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि