May 6, 2017

सर्वोच्चको पत्र संसदमा, अब के गर्लिन् सभामुखले ?

बैशाख २३, काठमाडौं – निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्कन र संसद्मा महाभियोग प्रस्ताव अगाडि नबढाउन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश शुक्रबार साँझ संसद्मा पुगेको छ। सभामुख ओनसरी घर्तीले सर्वोच्चको आदेशबारे कुनै टिप्पणी गरेकी छैनन् । उनले अहिले आन्तरिक रुपमा परामर्श थालेकी छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

‘राजनीतिक दल, कानून व्यवसायी, संविधान, संसद् नियमावलीलगायतका विधि–विधान र प्रक्रियाका आधारमा सभामुखले सबै पक्षसँग परामर्श गरेर मात्र थप निर्णय लिनुहुन्छ’ सभामुखनिकट स्रोतको भनाइ छ। सर्वोच्चले आदेश गरेजस्तै सभामुखले प्रधानन्यायाधीशमाथि लागेको महाभियोगको प्रक्रिया तत्काल रोक्न सक्छिन्। उनले त्यसो गरेमा महाभियोगमाथिको अन्तिम किनारा पनि सर्वोच्चको फैसलापछि मात्र लाग्नेछ। यो विकल्प स्वीकारेमा संसद्ले सर्वोच्च अदालतको अन्तिम फैसला कुर्नुपर्नेछ। संसद्का २४९ सांसद्ले दर्ता गरेको र सदनमा प्रस्तुतसमेत भइसकेको प्रस्ताव किनारा लगाउनु संसद्को कर्तव्य र विशेष अधिकार हो भनेर सभामुखले प्रक्रिया अगाडि बढाउन सक्छिन् ।

संविधानको धारा १०३ ले संसद्लाई आफ्नो कारबाही र निर्णय गर्ने विशेषाधिकार दिएको र अवहेलना गर्नेलाई जेलसमेत पठाउन सक्ने अधिकार दिएको छ । सभामुखले त्यो अधिकार प्रयो गर्न सक्ने भन्दै कानुनी सल्लाहकारले उनलाई सुझाव पनि दिएका छन् ।

प्रधानन्यायाधीशका रुपमा सुशीला कार्कीले आइतबार जिम्मेवारी सम्हालेपछि थप कस्ता आदेश आउँछन् भन्ने पनि संसद् र सरकारका लागि प्रतीक्षाको विषय छ । प्रधानन्यायाधीशले सरकार, संसद् वा दलका नेतालाई लक्षित गरेर कारबाही प्रक्रिया अघि बढाएमा प्रतिवादमा जानैपर्ने, अन्यथा स्थिति सामान्य बनाउनुपर्ने सुझाव पनि सभामुखलाई उनका सल्लाहकारले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

जेनजी आन्दोलन : २३ अर्ब ३९ करोड बराबरको बिमा दाबी

काठमाडौँ, असोज १२ गते । भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका कारण

सरकारका नीतिप्रति दातृ निकायहरूको समर्थन व्यक्त

काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग

बडादसैँ आजदेखि सुरु, घरघरमा घटस्थापना

काठमाडौँ, असोज ६ ।हिन्दूहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने : मन्त्री गुरुङ

काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको