२ वर्षको उमेरमै ४० चुरोट, भयो यस्तो हालत

एक दिनमै ४० वटा खिल्ली चुरोट पिउने एकजना २ वर्षे बच्चाको विषयमा सोसल मिडियामा समाचारहरु देख्नुभएकै होला विगतमा । उक्त बच्चा अहिले नौ वर्षको भैसकेको छ ।

इण्डोनेसियाको सुमात्रामा बस्ने आर्दी रिजल नामको उक्त बच्चाको सात वर्ष पहिले जब पहिलोपटक चुरोट पिइरहेको फोटो भाइरल बन्यो तब उक्त फोटोले दुनियालाई हैरान बनायो ।

आर्दीकी आमाका अनुसार आर्दी जब १८ महिनाको थियो तब उसका बुवाले आफुले तानिरहेको चुरोट एक सर्को आर्दीलाई पनि तान्न दिए । त्यसपछि आज, भोलि गर्दै आर्दीमा चुरोटको लत बस्यो र ऊ दिनमै ४० खिल्ली चुरोट पिउने अवस्थामा पुग्यो । चुरोटको लतले बच्चाको अवस्था गम्भीर बन्ने लक्षण देखिएपछि सरकार, स्वास्थ्य विशेषज्ञ तथा उसकी आमाले समेत आर्दीको लत छुटाउने कोसिस गरे ।

तर, आर्दीका लागि चुरोट छाड्ने कुरा सजिलो थिएन । चुरोटको लत छुटाउनका लागि उसको ध्यान खानेकुरातर्फ आकषिर्त गर्ने प्रयास गरियो । पाँच वर्षको उमेरसम्ममा उसको चुरोटको लत त निकै कम भयो तर विडम्बना फेरि उसमा धेरै खानेकुरा खाने लत बस्यो ।

आर्दीले फेरि सबैको ध्यान खिच्न सफल भए । पाँच वर्षकै उमेरमा आर्दीको सरीरको वजन सामान्य भन्दा ६ किलो बढी भैसकेको थियो । अहिले ९ वर्षको हुँदा त आर्दी निकै फरक भैसकेको छ ।

आर्दीमा फरकपना आउनुको विशेष कारण छ । एकजना बच्चा सुरुमा चुरोटको लतमा र पछि खानाको लतमा फसेर जोखिममा परेको खबर फैलिएसँगै इण्डोनेसियाको महिला ससक्तिकरण तथा बाल संरक्षण मन्त्रालयले हस्तक्षेप गर्यो ।

त्यसपछि आर्दीको परिवार तथा डाक्टर समेतको सहयोगमा उसको खन्चुवा लत छुटाइयो । पहिले दिनमा ३ बट्टा दुध पिउने आर्दी अहिले वजन घटाउनका लागि केवल माछा, फलफूल तथा सागपात मात्र खाने गर्दछ । उसको जिउ विस्तारै स्वस्थ तथा तन्दुरुस्त बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन