बेलायती राजकुमार फिलिप छिट्टै राजकीय जिम्मेवारीबाट बिदा लिने

prince-1024x576

लन्डन , २२ वैशाख । बेलायती महारानी एजिलावेथ द्वितीयका श्रीमान् ड्युक अफ एडिनबरा, राजकुमार फिलिपले आगामी अगस्टदेखि सार्वजनिक जिम्मेवारी बहन नगर्ने वकिङघम राजदरबारले घोषणा गरेको छ ।
राजदरबारबाट बिहीबार जारी एक वक्तव्यमा भनिएको छ, “पन्चानब्वे वर्षीय फिलिपले जिम्मेवारी बहन नगर्ने निर्णय आफ्नो इच्छाले गर्नुभएको छ भने यसमा महारानी एलिजावेथको पूर्ण समर्थन रहेको छ ।”

ड्युक अफ एडिनबराले अब नयाँ जिम्मेवारी नलिए पनि यसअघि तय भएका कार्यक्रममा भने सरिक  हुनेछन् । उनलाई अगस्ट उप्रान्त आउने औपचारिक कार्यक्रममा भने ड्युकका रुपमा जिम्मेवारी स्वीकार्ने छन् ।

राजकुमार फिलिप अर्को महिनादेखि ९६ वर्षमा प्रवेश हुनेछन् । सन् १९४७ मा बेलायती महारानी एलिजावेथसँग वैवाहिक जीवनमा गाँसिएपछि ग्रीक राजकीय परिवारका निर्वासनमा रहेका सदस्य फिलिपको सयौँ बेलायती सङ्घसंस्थामा आवद्धता रहेको छ ।

निर्णय सार्वजनिक भएपछि प्रतिक्रिया जनाउँदै बेलायती प्रधानमन्त्री थेरेसा मेले ड्युक फिलिपको दशकौँ लामो सेवाप्रति आभार प्रकट गरेका छन् ।

उनको निरन्तरको बेलायती सङ्घसंस्थामा रहेको संरक्षकत्व तथा राजकीय काममा महारानी एजिलावेथलाई मिलेको सहयोगको बेलायती जनता, बेलायत र समग्र विश्व आगामी दिनमा समेत ऋणी हुनेछ, प्रधानमन्त्री मेले भनिन् ।

बेलायतको दरबार स्रोतले फिलिपले नयाँ सार्वजनिक कामको जिम्मेवारी नसम्हाल्ने घोषणा गर्र पनि महारानीले भने आफ्नो सेवालाई निरन्तरता दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

लेखराज भट्टको टिप्पणी : “ओलीले महाकालीबाट मेचीसम्म देख्ने ल्याकत राख्नुहुन्छ”

धनगढी, साउन २२ – नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा पार्टी सचिव लेखराज भट्टले पार्टी

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का