भारत आउँदा जस्टिन बीबरका यति महँगा माग !

justin-biber

मुम्बई, २० वैशाख । म्युजिक कन्सर्टका लागि भारत आउन लागेका अन्तर्राष्ट्रिय पप सिंगर जस्टिन बीबरको टोलीले कार्यक्रम आयोजकसामु निक्कै महँगो लिस्ट पठाएका छन् ।

आगामी १० तारिखमा नयाँ मुम्बइको डी वाई पाटिल स्टेडियममा हुन लागेको बीबरको कन्सर्टलाई ह्वाइट फाक्स एन्डिया नामको कम्पनीले आयोजना गरेको हो ।
आयोजकले जस्टिन बीबर कोे ’डिमांड लिस्ट’मा कतिपय निक्कै रमाइला चिजहरू पनि संलग्न गरिएको छ ।

यस्ता छन् बीबरका माग
– होटलमा १३ कोठा बुक गर्नुपर्छ । सुरक्षाका कारण एउटा होइन, दुईटा फाइभस्टार होटलमा कोठाहरू बुक हुनुपर्छ ।
–बीबरको ड्रेसिङ रूमका सवै पर्दाहरू सेता हुनुपर्छ । कोठामा सिसाको फ्रिज हुनुपर्छ ।
–बीबरका कोठामा २४ वटा पानीको बोतल, ४ इनर्जी ड्रिंक, ६ भिटामिन वाटरका बोतल, ६ क्रिम सोडा र धेरै फलफूलका रस राख्नुपर्छ ।
– खानका लागि पनि लामो लिस्ट पठाइएको छ । जसमा भेज र ननभेजका विभिन्न परिकारको उल्लेख गरिएको छ । नरिवल पानी, बदाम शेक, प्रोटिन पाउडडर, अर्गानिक केरा र हर्बल चिया पनि फ्रेस बनाएर राखिनुपर्छ ।
–उनको वरपर कहिँ पनि लिलिको फूल नराख्नु ।
–लिस्टमा बीबरका टिमको विभिन्न साइजका टिसर्टहरू पनि तयार पारियोस् ।
–यसभन्दा बाहेक बीबरका टिमका लागि १० वटा लक्जरी कार, २ भल्भो बस बुक गरियोस् ।
–कारको सुरक्षाका लागि महाराष्ट्र सरकारको जेड प्लस सुरक्षाको टोली हुनुपर्छ ।
–बीबरको नीजि सुरक्षाका लागि ९ सुरक्षाकर्मी उनकै साथमा राखियोस् ।
–प्रस्तुती दिनका लागि बीबर सडकबाट होइन, हेलिकोप्टरबाट जानेछन् ।
–बीबर घुम्न चाहेको खण्डमा उनका लागि प्राइभेट जेट विमानको व्यवस्था गरियोस् ।
–बीबर जब यात्रामा निस्कनेछन् उनीसँगै १० कन्टेनर सामान आउँछ । जुनमा उनको सोफा सेट, प्लेस्टेशन, वासिङ मेसिन र टेबल टेनिसको टेवललगायतका सामान हुनेछन् ।
बीबरको यो कन्सर्ट टुरको टिकट हजारैंमा विकिसकेको छ । आफ्नो कन्सर्टको टिकट दरको विषयलाई पनि लिएर उनी समाचारमा छाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको