राप्रपा सरकारबाट बाहिरियो

Kamal-Thapaकाठमाडौं, १८ वैशाख । दोस्रो वरियतामा सत्ता साझेदारीमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको हो । सरकारबाट बाहिरिए पनि आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने र त्यसमा सहभागी हुने राप्रपाले स्पष्ट पारेको छ ।

२७ सिट रहेको राप्रपा सरकारबाट बाहिरिएपछि प्रचण्ड सरकारलाई अर्को झट्का लागेको छ । प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्तासँगै सरकारको व्यापक आलोचना भइरहेको छ । महाअभियोग प्रस्ताव दर्ता भएसँगै राप्रपाका १० सांसदहरुले राप्रपा संसदीय दलको बैठक बहिस्कार गरेका थिए । पार्टी अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो पार्टी फुटाउन खोजेको आरोप लगाउँदै आएका छन् ।

कांग्रेस र माओवादीले संसदमा दर्ता गरेको महाअभियोग प्रस्तावलाई राप्रपाले अनुचित, अनैतिक र न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेप भनेको छ । राप्रपाले यस्तो प्रस्ताव ल्याउने दलहरुसँग सहकार्य हुन नसक्ने स्पष्ट पारेको छ । सरकारले छापामार शैलीमा महाअभियोग प्रस्ताव दर्ता गरेर सत्ता साझेदार दलहरुलाई समेत थाहा नदिएको भन्दै राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्रीको आलोचना गरे ।

राप्रपा अध्यक्ष थापाले मुलुकलाई अस्थिरता र संकटबाट जोगाउन महाअभियोग प्रस्ताव फिर्ता लिन सत्तारुढ गठबन्धनलाई अनुरोध गरे । उनले सरकार छाडे पनि संशोधन प्रस्तावलाई भने समर्थन गर्ने जनाएको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन