१७ जेठ, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित अति संवेदनशील कूटनीतिक क्षेत्रमा भएको शक्तिशाली कार बम बिष्फोटमा परि मृत्यु हुनेको संख्या ८० पुगेको छ । घटनामा कम्तिमा ३ सय ५० जना घाइते भएका छन् ।
राष्ट्रपति भवन नजिकै, कुटनीतिक नियोगका कार्यालयहरु रहने स्थानमा बिहानको ब्यस्त समयमा बमहरुले भरिएको एउटा कार बिष्फोट गराइएको काबुलका अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
बिष्फोट जर्मन दूतावासनजिकै गराइएको थियो । त्यस क्षेत्रका सबैजसो भौतिक संरचनामा बिष्फोटले क्षति पुर्याएको बताइएको छ । बिष्फोटस्थलबाट डेढ किलोमिटर टाढा रहेको भारतीय दूतावासमा समेत क्षति पुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
तालीवानले बिष्फोटको जिम्मेबारी लिन अस्वीकार गरेको छ भने इस्लामिक स्टेटका तर्फबाट घटनाबारे कुनै प्रतिक्रिया आएको छैन ।
दुर्घटनामा धेरैजसो अफगानी नागरिक मारिएका छन् । त्यस्तै बिदेशी कूटनीतिक नियोगका कर्मचारीहरु पनि बिष्फोटमा परेको बताइएको छ । तर अहिलेसम्म कुन देशका कति नागरिक हताहती भएको विवरण आइसकेको छैन ।
जर्मन बिदेशमन्त्री सिगमार ग्याबि्रयलले दूतावासका कर्मचारीहरु घाइते भएको र एकजना अफगानी सुरक्षागार्डको मृत्यु भएको पुष्टि गरेका छन् । फ्रान्सेली अधिकारीले पनि आफ्नो दूतावासमा ठूलो क्षति पुगेको तर कूटनीतिज्ञहरुको हताहतीबारे जानकारी नभएको बताएका छन् ।
बेलायती र भारतीय अधिकारीहरुले आफ्ना कूटनीतिज्ञहरु सुरक्षित रहेको जनाएको छ । त्यस्तै जापानले आफ्ना दुई कूटनीतिज्ञ घाइते भएको जनाएको छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद