सिरिया, १४ जेठ । सिरियाको राका र पालमिरा क्षेत्रमा रसियाली हवाई आक्रमण हुँदा कम्तीमा १२० इस्लामिक स्टेट (आइएस) समूहका लडाकुको मृत्यु भएको राज्य सञ्चालित साना न्यूज एजेन्सीले शनिबार जनाएको छ ।
रसियाली युद्धक विमानले आइएस लडाकुका उत्तरी सहर राकाबाट पालमिरालाई लडाकू र सामान लिएर गुडेका गाडीका समूहलाई लक्षित गरेर भएका आक्रमणमा १२० जनाको मृत्यु भएको बताइए पनि हवाई आक्रमण कुन समयमा गरिएको थियो भन्नेबारे केही बताइएको छैन ।
साना न्यूज एजेन्सीले मेसिनगनले सुसज्जित ३९ वटा ‘पिकअप’ गाडी पालमिरातर्फ हिँडिरहेका बेला आक्रमण भएको बताइएको छ ।
सिरियाली सेना र यसको सहयोगी हेजबुल्लाह समूहलगायत रसियाली वायुसेनाले गरेको संयुक्त कारबाही सिरियाली सुख्खा क्षेत्रमा अवस्थित राजमार्गमा भएको र यसबाट सो क्षेत्रमा विद्रोही साह्रै कमजोर बनेको सिरियाली वसर अल असदको प्रशासनले जनाएको छ ।
प्रशासनले इराक र जोर्डन सीमालाई आइएसको उपस्थितिहीन अवस्थामा ल्याउन पछिल्लो कारबाही भएको बताइएको छ । रासस÷सिन्ह्वा
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले