पोखरा लेखनाथ महानगरको मेयरमा एमालेका मानबहादुर जिसी विजयी !

manbadhur-and-manju

पोखरा, १२ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार मानबहादुर जिसी अत्याधिक मत ल्याई विजयी बनेका छन् । दुई वटा वडा ३२ र ३३ को नतिजा घोषणा नगर्दै उनको मत अन्तर बढी भएपछि उनले जित्ने निश्चित भएको हो ।

उनले वडा नम्बर ३१ सम्मको मत गनिसक्दा ५५,५७५ मत ल्याएका छन् भने नेपाली काग्रेसका रामजी कुँबरले ४२,४४५ मत ल्याएका छन् ।

जिसीले १३ हजार १ सय ३० मतले अग्रता बनाएपछि जित्ने निश्चित भएको हो । वडा नम्बरको ३२ र ३३ को जम्मा ९ हजार ८ सय ६३ मत खसेका कारण पनि रामजी कुँवरको जित्ने सम्भावना नरहेको हो ।

त्यसैगरी उपमेयरमा पनि एमालेकी मन्जुदेवी गुरुङको जित निश्चित भएको छ । उनले अहिलेसम्म ५१,१८८ मत प्राप्त गरेकी छन् भने नेपाली काँग्रेसकी सरस्वती गुरुङले ४०,४८० मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि