काठमाडौं, जेठ ११–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने भनिएको नयाँ सरकारमा सहभागी नहुने स्पष्ट पारेको छ ।
विहिबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले सरकारमा जाने सोच समेत बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको हो ।
मधेशको माग सम्बोधन नभई सरकारमा जाने विषयमा सोच्न समेत नसकिने निष्कर्ष निकालिएको पार्टीका नेता अनिल झाले जानकारी दिए ।
राष्ट्रिय जनता पार्टीले मधेशको मागलाई सम्बोधन गर्न आन्दोलनलाई जोड दिएर अघि बढने निर्णय समेत गरेको छ ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने वा नलिने भन्ने विषयमा पनि आन्तरिक छलफल भइरहेको नेता झाले बताए ।
अनिल झा लगायतका केही नेताहरुले निर्वाचनमा जाने अवस्था अझै नरहेको दावी गर्दैै आएका छन् । यता, महन्त ठाकुर लगायतका नेताहरुले भने कतिपय माग सम्बोधन भएकाले स्थानीय तहको निर्वाचनमा जान सकिने धारणा राख्दै आएका छन् ।
एक, दुई दिन भित्र निर्वाचनमा जाने कि नजाने भन्ने विषयमा ठोस धारणा तय गर्ने राष्ट्रिय जनता पार्टी, नेपालले जनाएको छ ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि
काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे
कात्तिक १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट