संसद बैठक अझै अनिश्चित

काठमाडौं, १० जेठ । । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरोध गर्ने भएपछि मंगलबार बस्न नसकेको बैठक सभामुख ओनसरी घर्तीमगरले आज १२ बजेका लागि बोलाएपनि सुरु हुन सकेको छैन ।BICC

मंगलबार संसद सचिवालयले सूचना टाँस गरेर बुधबार ११ बजेका लागि संसद बैठक बस्ने जानकारी दिएको थियो । चुनावको बीचमा सरकार परिवर्तन नपाइने र तराईमा थपिएका स्थानीय तहको संख्या खारेजीको माग एमालेले गरेको छ ।

हिजो एमालेकै विरोधका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा रोकिएको थियो । प्रधानमन्त्री दाहालले संसदमा विशेष सम्बोधन गरी राजीनामा घोषणा गर्ने कार्यक्रम रहेको थियो ।

यसैबीच बुधबारका लागि प्रधानमन्त्रीले बोलाएको शीर्ष नेताहरुको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका