साझा यातायातले भक्तपुरमा दियो चुनौति


१० जेठ, भक्तपुर । मिनी बसहरुको एकाधिकारलाई तोड्दै बुधबारबाट साझा यातायातले भक्तपुरमा ठूला बसमार्फत थालेको छ । वर्षौंदेखिको ब्यवसायीको सिन्डकेटलाई तोड्दै साझाको प्रवेश भएसँगै भक्तपुरमा साना र साँघुरा बसहरुलाई चुनौति थपिएको छ भने स्थानीयले राहत महसुस गरेका छन् ।

साँघुरा बसमा कोचिएर यात्रा गर्नुपर्ने भक्तपुरबासीको बाध्यता हटेको छ । लामो समयदेखि साझाको सेवा कुरिरहेको भक्तपुरमा साझा सानदार रूपमा प्रवेश गरेको हो । साझाका २० वटा बस आजबाट भक्तपुरको नयाँ बाटोमा चल्न सुरु भएको छ ।

विहान साझा भक्तपुर प्रवेश गर्दा स्थानीयले भब्य रुपमा बसको स्वागत गरे । मनोहराबाट सूर्यविनायकसम्म नै ठाउँ-ठाउँमा लाममा बसेका स्थानीले साझाबसलाई स्वागत गरेका हुन् ।

एकसाथ भक्तपुर गएका साझाले स्थानीको न्यानो स्वागत मात्रै पाएन, त्यसमा यत्रा गनर्नेहरुले साझालाई धन्यवाद पनि दिए ।

अब स्वयम्भुबाट सीतापाइला, कलंकी, रवीभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, रत्नपार्क, सहीदगेट, थापाथली, माइतिघर, बबरमहल, नयाँबानेश्वर, मीनभवनहुँदै कोटेश्वरसम्म चल्ने सबै बस नयाँबाटो हुँदै भक्तपुरको सूर्यविनायक चोकसम्म आउने साझा यातायातले जानकारी दिएको छ ।


कोटेश्वरबाट जडिबुटी लोकन्थली, कैशलटार, गठ्ठाघर, ठिमी, सल्लाघारी हुँदै सूर्यविनायकसम्म आजबाट बस सेवा विस्तार भएको छ । सूर्यविनायकबाट सोही रुट हुँदै फर्किने बस माइतिघरबाट सिंहदरबार, पुतलीसडक, कमलादी, घण्टाघर, पुरानो बसपार्क, सहीद गेट, त्रिपुरेश्वर, कलंकी हुँदै स्वयम्भु नै फर्किनेछ ।

साझाले कोटेश्वरबाट सानोठिमी, पुरानोठिमी, भक्तपुर हुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किने गरी रुट मागेको थियो । तर, यो रुटमा भने साझाले अनुमति पाएन ।

नयाँ बाटो र पुरानो बाटोमा बस सेवा विस्तारका लागि गत चैतको सुरुवातमै भक्तपुरसम्म रुट इजाजत माग्दै साझाले यातायात ब्यवस्था विभागको साना ठूला सवारी कार्यालयमा आवेदन दर्ता गरेको थियो ।


यातायात ब्यवस्था विभाग साना ठूला सवारी कार्यालयले २० वटा बस भक्तपुरको नयाँ बाटोमा चल्न पाउने गरी अनुमति दिएको हो ।

यातायात ब्यवसायीको विरोधका बीच विभागले नयाँ बाटोमा साझाका बस गुडाउने निर्णय गरेको हो । तर, पुरानो बाटोमा रुट इजाजत दिनेबारेमा अध्ययन भइरहेको विभागले जनाएको छ ।

ब्यवसायीले साझालाई भक्तपुरमा प्रवेशको अनुमति दिए आन्दोलन गर्ने चेतावनी दिएका थिए । साझा बसले सेवा थालेपछि आफ्नो एकाधिकार तोडिने डरले ब्यवसायीहरु अत्ताल्लिएर विभागसमक्ष साझाको रुट इजाजत प्रक्रिया रोक्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सुनसरी घटनाबारे सुरक्षा परिषद्को बैठक

काठमाडौं, १४ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण

काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत