ओली : दोस्रो चरणको चुनाव गराउनुहोस् भन्दा यस्तो जबाफ पाए

pt

काठमाडौँ, १० जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय तहको निर्वाचन नभएसम्म सत्ता परिवर्तनको हतार नगर्न सत्तागठबन्धन दललाई आग्रह गरेका छन् ।

आयोजित पत्रकार भेटघाटमा उनले निर्वाचन गराउने, नीति कार्यक्रम र बजेट ल्याउने कामहरु छाडेर नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लाई सरकार लिन र छाड्नका लागि देखिएको हतारोले निर्वाचन प्रभावित हुन सक्नेतर्फ गम्भीर हुन आग्रह गरे ।

अध्यक्ष ओलीले भने, “मैले दुवै दलका प्रमुखलाई कम्तीमा २०, २२ दिन त पर्खनुस्, लोकलाजको पनि ख्याल गर्नुस् भनेको छु, यो हाम्रो मामिला हो भन्दैहुनुुहन्थ्यो, तर यो अस्थिरता निम्त्याउने कुरा पनि हो ।”

निर्वाचनको मिति तय भइसकेपछि सरकारले संविधान र सहमति विपरीत स्थानीय तहको सङ्ख्या थपेकोमो आपत्ति जनाउँदै उनले त्यस्तो निर्णय फिर्ता गर्न सरकारसँग माग गरे ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले ११ जिल्लामा २२ स्थानीय तह थप र केहीलाई स्तरोन्नति गरेको थियो । निर्वाचन आयोगले सरकारको उक्त निर्णयलाई आचारसंहिता विपरीत भनी स्पष्टरुपमा भन्नुपर्ने र सरकारले पनि निर्णय सच्याउनुपर्ने अध्यक्ष ओलीले बताए ।

उनले संविधान संशोधन विधेयक पनि फिर्ता लिनुपर्ने माग गर्दै पहिलो चरणको स्थानीय निर्वाचनमा भएका धाँधलीबारे संसदीय छानबिन समिति गठन गरिनुपर्नेमा जोड दिए ।

निर्वाचनलाई प्रभावित हुने गरी बजेटमा नयाँ कार्यक्रम नल्याउन र करका दायरा यथावत् राख्न माग गर्दै उनले “राष्ट्रिय जनता पार्टीले राष्ट्रिय भावनाका साथ लोकतान्त्रिक अभ्यास र प्रक्रियामा साथ दिने अपेक्षा पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि