देउवाले सत्ता बाहेक केही देखेनन् : ओली

spotlight-PM-KP-Oli९ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकलाजको ख्याल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

 

प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिने तयारी गरिरहँदा एमाले अध्यक्ष ओलीले असहमति जनाएका हुन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओली कांग्रेस सभापति देउवामाथि खनिएका हुन् ।

देउवाले प्रधानमन्त्रीलाई भेट्यो कि कहिले छाड्ने भन्दै आतंक मच्चाएको ओलीको आरोप छ ।

बुधबारको तीन दलको बैठकमा आफूले देउवालाई २०/२२ दिन पर्खिन सुझाएको उनले सुनाए । उनले भने, ‘मलाई देउ भनेर हात थाप्नेलाई मैले भनेको छु, लोकलाज भन्ने हुन्छ कि हुँदैन ? २०/२२ दिन पनि पर्खन नसक्ने ?’

दोस्रो चरणको चुनावका लागि ९ दिनपछि उम्मेदवारी दर्ता गर्नु पर्ने भन्दै ओलीले अहिले सरकार परिर्वतन गर्दा निर्वाचन प्रभावित हुने बताए ।

देउवाले सत्ता छाड्न दबाव दिएपछि प्रचण्ड आत्तिएको र थाल खाउँ कि भात खाउँ भन्ने अवस्थामा रहेको ओलीले सुनाए

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’