विद्यालयमा नर्स अब अनिवार्य, जंक फुड पूर्णरुपमा निषेध

school

७ जेठ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले सबै सामुदायिक र निजी विद्यालयहरुमा अबदेखि अनिवार्य रुपमा नर्स राख्नुपर्ने नीति लागू गर्ने भएको छ ।

 

घरबाहेक बालबालिकाहरु बढी समय विद्यालयमा रहने र त्यस क्रममा उनीहरुलाई स्वास्थ्य समस्या आइपर्दा उपचारका लागि हरेक विद्यालयमा नर्स राख्ने नीति ल्याउन लागिएको हो ।

स्वास्थ्य मन्त्रालयले एक विद्यालयमा एक नर्सको अवधारणा लागू गर्न शिक्षा मन्त्रालय, प्याब्सन, एन प्याब्सन लगायत सरोकारवाला निकायसँग छलफल गरिसकेको छ ।

मन्त्रालयले प्याब्सन तथा एन प्याब्सनसँग सम्झौता नै गरिसकेको जनाएको छ । सम्झौतामा विद्यार्थीको उपचारका लागि नर्स राख्ने व्यवस्था मात्रै छैन, विद्यार्थीको समग्र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ ।

त्यस अनुसार, निजी विद्यालयको हाताभित्र अबदेखि जंक फुड, गुलियो पेयपदार्थ पूर्णरुपमा निषेध गरिनेछ ।
विद्यालयमा नर्स राख्ने अवधारणाबारे शिक्षा मन्त्रालयलाई पत्राचार गरिसकेको र त्यहाँबाट प्रक्रिया अगाडि बढेसँगै कार्यान्वयनमा जाने स्वास्थ्यमन्त्री गगनकुमार थापाले जानकारी दिए ।

शिक्षा मन्त्रालयको नीतिमा पनि विद्यालयमा नर्स राख्नुपर्ने व्यवस्था छ । यो नीति लागू भएसँगै सबै तहका विद्यालयहरुले एक जना नर्स अनिवार्य राख्नैपर्नेछ ।

प्याब्सन भन्छः आगामी हप्तादेखि कार्यान्वयन गर्दै लैजान्छौं

विद्यार्थीको स्वास्थ्यलाई ध्यान दिँदै विद्यालयमा नर्स राख्ने अवधारणा अब कार्यान्वयनको तहमा अघि बढेको छ ।
निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) ले अब अर्को साताबाट यसलाई लागू गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयले यस विषयमा प्याब्सन र एन प्याब्सनसँग सैद्धान्तिक सहमति गरिसकेको जनाएको छ । यद्यपि प्याब्सनले भने सरकारसँग लिखित सम्झौता भने हुन बाँकी रहेको उल्लेख गरेको छ ।

‘लिखित सहमति गर्ने कुरा भए पनि स्थानीय चुनावका कारण समय सरेको हो’, प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेले भने, ‘अब चाँडै सहमति भएर सम्भवतः आउँदो सातादेखि निजी विद्यालयहरुमा नर्स राख्दै जानेछौं ।’

हाल प्याब्सन, एन प्याब्सन अन्तर्गत राजधानीका अधिकांश निजी विद्यालयहरुले चिकित्सकको व्यवस्था गर्दै आएका छन् । कतिपय विद्यालयहरुले भने आर्थिक भार बढ्ने भएकाले नर्स राख्न सम्भव नहुने तर्क गर्दै आएका छन् ।
सम्बाहाम्फेका अनुसार, त्यस्तो अवस्थामा २/३ वटा विद्यालय मिलेर भए पनि एउटा नर्स राख्ने व्यवस्था मिलाइनेछ ।

मन्त्रालयले विद्यालय हातामा जंक फुडमा रोक लगाइने नीति लागू गर्ने तयारी गरिरहँदा प्याब्सनले यसअघि नै कतिपय विद्यालयमा जंक फुडको प्रयोगलाई निरुत्साहित गर्दै आएको छ ।

नर्सलाई छुट्टै तालिम

निजी विद्यालयहरुले आफ्नै स्रोतबाट नर्सको व्यवस्था गर्नेछन् भने सरकारले सामुदायिक विद्यालयहरुमा पठाउने नर्सको लागि विशेष तयारी गरेको छ ।

सरकारी विद्यालयको हकमा नर्सहरुको क्षमता अभिवृद्धिका लागि विशेष तालिमको व्यवस्था गरिने उल्लेख गरिएको छ । तालिममा मुख्यगरी बच्चाहरुको हेरचाह कसरी गर्ने, कस्ता बच्चालाई कसरी स्याहार गर्ने भन्नेमा जोड दिइनेछ ।

नर्सहरुले विद्यालयमा नियमित चेकजाँचका साथै विभिन्न स्वास्थ्य तथा सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्नेछन् । यस्तै, उनीहरुले पोषणयुक्त खानेकुराको महत्व बुझाउँदै विद्यार्थीलाई त्यस्ता खानाको प्रयोगमा जोड दिनुपर्नेछ ।

विद्यालयहरुमा स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने सम्पूर्ण उपकरणको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको