
एजेन्सी ,लण्डन– भारतीय किशोरले बनाएको विश्वकै हलुङ्गो भूउपग्रहलाई आगामी जुनमा अमेरिकाको नासाबाट अन्तरिक्षबाट पठाइने भएको छ ।
रिफात शारुकले बनाएको ६४ ग्राम तौल भएको उक्त भूउपग्रह युथ डिजाइन प्रतियोगितामा विजेताको रुपमा चुनिएको थियो ।
१८ वर्षीय रिफातले थ्रिडी प्रिन्टेड कार्बोन फाइबरको कार्यक्षमता देखाउन उक्त भूउपग्रह तयार गरेको बताएका छन् ।
स्थानीय मिडियासँग कुरा गर्दै रिफातले आफ्नो आविश्कार चार घण्टे मिसनमा अन्तरिक्षमा जाने जानकारी दिए ।
यस क्रममा माइक्रो ग्राभिटी वातावरणमा १२ मिनेट काम गर्ने बताइएको छ ।
पूर्व भारतीय राष्ट्रपति अब्दुल कलामको नाममा उक्त भूउपग्रहको नाम कलामस्याट राखिएको छ ।
क्युबस इन स्पेस नाम दिइएको प्रतियोगिता आइडुडलले नासा र कोलोराडो स्पेसन ग्रान्ट कन्सोर्टियमको सहयोगमा आयोजना गेको थियो ।
तमिल नाडुका युवा रिफात चेन्नाईमा रहेको स्पेस किड्स इन्डिया नामक कम्पनीमा मुख्य वैज्ञानिकको रुपमा काम गरिरहेका छन् ।
यसअघि उनले राष्ट्रिय प्रतियोगितामा हिलियम वेदर वलुन बनाएका थिए ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि