
एजेन्सी ,लण्डन– भारतीय किशोरले बनाएको विश्वकै हलुङ्गो भूउपग्रहलाई आगामी जुनमा अमेरिकाको नासाबाट अन्तरिक्षबाट पठाइने भएको छ ।
रिफात शारुकले बनाएको ६४ ग्राम तौल भएको उक्त भूउपग्रह युथ डिजाइन प्रतियोगितामा विजेताको रुपमा चुनिएको थियो ।
१८ वर्षीय रिफातले थ्रिडी प्रिन्टेड कार्बोन फाइबरको कार्यक्षमता देखाउन उक्त भूउपग्रह तयार गरेको बताएका छन् ।
स्थानीय मिडियासँग कुरा गर्दै रिफातले आफ्नो आविश्कार चार घण्टे मिसनमा अन्तरिक्षमा जाने जानकारी दिए ।
यस क्रममा माइक्रो ग्राभिटी वातावरणमा १२ मिनेट काम गर्ने बताइएको छ ।
पूर्व भारतीय राष्ट्रपति अब्दुल कलामको नाममा उक्त भूउपग्रहको नाम कलामस्याट राखिएको छ ।
क्युबस इन स्पेस नाम दिइएको प्रतियोगिता आइडुडलले नासा र कोलोराडो स्पेसन ग्रान्ट कन्सोर्टियमको सहयोगमा आयोजना गेको थियो ।
तमिल नाडुका युवा रिफात चेन्नाईमा रहेको स्पेस किड्स इन्डिया नामक कम्पनीमा मुख्य वैज्ञानिकको रुपमा काम गरिरहेका छन् ।
यसअघि उनले राष्ट्रिय प्रतियोगितामा हिलियम वेदर वलुन बनाएका थिए ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद