
टोकियो । उत्तर कोरियाले आज बिहान फेरी अर्को एउटा शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाली भूमिबाट परीक्षण प्रहार गरिएको उक्त क्षेप्यास्त्र जापानी समुद्रमा अवतरण भएको दक्षिण कोरियाली, जापानी तथा अमेरिकी सेना श्रोतले जनााएका छन् ।
चार दिन अघिमात्र नवनिर्वाचित दक्षिण कोरियाली राष्ट्रपति मून जाए इनलाई प्रत्यक्ष चुनौती दिने मनसायले उत्तर कोरियाले उक्त परीक्षण प्रहार गरेको अडकल गरिएको छ ।
यता, उक्त क्षेप्यास्त्र उत्तर कोरियाको उत्तरी प्योङ्याङ्ग प्रान्तको पश्चिम सामुन्द्रिक तटस्थित कुसोङ्ग परीक्षणस्थलबाट आकाशमाथि करिब दुई हजार किलोमिटरको उचाईसम्म पुगी लगभग आधा घण्टा उडेर आठसय किलोमिटरको दूरी पार गरी जापानी समुद्रमा खसेको तथ्य जापानको रक्षा मन्त्रालयको श्रोत उल्लेख गर्दै जापानी मन्त्रीमण्डलका मुख्य सचिब योशिहिदे सुगाले जानकारी दिएका छन् ।
अहिले सो क्षेप्यास्त्र पहिले जस्तो जापानको सामुन्द्रिक इलाकामा रहेको निजी आर्थिक बिकास क्षेत्र (एक्सक्लुजिभ इकोनोमिक जोन) मा नखसे ता पनि यस जबर्जस्ती क्षेप्यास्त्र परीक्षण कार्य जापानलाई कुनै पनि हालतमा स्वीकार्य नभएको र उपयुक्त अवसरमा यसको जवाफ दिइने जापानी प्रधानमन्त्री शिन्जो आबेले पत्रकारहरुलाई बताउनु भएको छ ।
उत्तर कोरियाले बारम्बार अनगिन्ती मध्यम तथा छोटो दूरीसम्म मार हान्न सक्ने शक्ति
शाली क्षेप्यास्त्र (एसआरबिएम) हरु परीक्षण गरिसकेको छ । साथै, अमेरिकी मूलभूमिसम्म प्रहार गर्न सक्ने, टुप्पोमा अत्यन्त शक्तिशाली आणविक बम जडान गरिएको अन्तरमहादेशीय क्षेप्यास्त्र (आइसिबिएम) को उत्पादन, परीक्षण र यस्तो प्रबिधिमा बिशिष्ट कौशल हासील गर्ने स्थायी धुन चढेको छ उत्तर कोरियालाई ।
पूर्ण प्रजातन्त्रबादी तथा उदारबादी दलका नवनिर्वाचित नरमपन्थी राष्ट्रपति मून जाए इनको बिजयपश्चात् उत्तर कोरियाले पहिलो पटक क्षेप्याश्त्र परीक्षण गरेको हो । राष्ट्रपति मूनले बिजयपश्चात् आफू उत्तरसँग सुमधुर दौंत्य सम्बन्ध कायम गर्न प्राथमिकता दिन इच्छुक रहेको भनी पहिलो पटक नै सौहाद्र्रपूर्ण सम्बोधन गर्नु हुँदाहुँदै उत्तर कोरियाले अनायासै निहुँ खोजेको बताइएको छ ।
उता, कोरियाली प्रायद्वीप भरी नै नायक हुने सपना बोकेको अमेरिकाको ज्यादती र अतिक्रमणलाई लक्षित गर्दै क्षेप्याश्त्रको सफल परीक्षण गरिएको उत्तर कोरियाको सरकारी मुखपत्र रोदोङ्गले जनाएको छ ।
अमेरिकाले कोरियाली प्रायद्वीप र जापानी समुद्रमा अख्तियार गर्दै आएको आफ्नो नौसैनिक रणनीति त्याग वा यसमा परिवर्तन नगरेसम्म उत्तर कोरियाले थप शक्तिशाली क्षेप्याश्त्र उत्पादन, परीक्षण तथा आणविक हातहतियार भण्डारण कार्य रोक्न बाध्य नहुने जनाउँछ उत्तर कोरिया ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस, चीन, जापान वा अन्यत्रका राष्ट्रहरु गुहारी दिन खोजेको अधिकतम दवाव वा अरु प्रकारका धम्कीहरुले उत्तर कोरिया नतर्सने बताउँदै शक्तिशाली र अति तीब्र गतिका आणविक क्षेप्याश्त्र उत्पादन, परीक्षण तथा भण्डारण गर्ने आफ्नो अभियानलाई सदैव उच्च गतिमा निरन्तरता दिई रहने रोदोङ्ग श्रोतलाई उद्धृत गर्दै केन्द्रिय कोरियाली समाचार समिति (कोरियन सेन्ट्रल न्यूज एजेन्सी – केसिएनए) ले जनाएको छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि