उत्तर कोरियाले जापानमाथि एक्कासी गर्यो मिसाइल आक्रमण

160310014552_north_korea_missile_launch_624x351_afpphotokcnaviakns_nocredit

टोकियो । उत्तर कोरियाले आज बिहान फेरी अर्को एउटा शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाली भूमिबाट परीक्षण प्रहार गरिएको उक्त क्षेप्यास्त्र जापानी समुद्रमा अवतरण भएको दक्षिण कोरियाली, जापानी तथा अमेरिकी सेना श्रोतले जनााएका छन् ।

चार दिन अघिमात्र नवनिर्वाचित दक्षिण कोरियाली राष्ट्रपति मून जाए इनलाई प्रत्यक्ष चुनौती दिने मनसायले उत्तर कोरियाले उक्त परीक्षण प्रहार गरेको अडकल गरिएको छ ।

 अपितु उक्त क्षेप्यास्त्रले आकाशमा लिएको उचाइ, गति, तेज र अन्य प्राबिधिक गतिबिधि बिचार गर्दा अति लामो दूरीसम्म मार हान्नसक्ने अन्तरमहादेशीय प्रकृतिको (इन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल) भने नभएको एकजना प्रशान्त महासागरीय अमेरिकी नौसैनिक अधिकारीले अड्कल काटेका छन् ।

यता, उक्त क्षेप्यास्त्र उत्तर कोरियाको उत्तरी प्योङ्याङ्ग प्रान्तको पश्चिम सामुन्द्रिक तटस्थित कुसोङ्ग परीक्षणस्थलबाट आकाशमाथि करिब दुई हजार किलोमिटरको उचाईसम्म पुगी लगभग आधा घण्टा उडेर आठसय किलोमिटरको दूरी पार गरी जापानी समुद्रमा खसेको तथ्य जापानको रक्षा मन्त्रालयको श्रोत उल्लेख गर्दै जापानी मन्त्रीमण्डलका मुख्य सचिब योशिहिदे सुगाले जानकारी दिएका छन् ।

अहिले सो क्षेप्यास्त्र पहिले जस्तो जापानको सामुन्द्रिक इलाकामा रहेको निजी आर्थिक बिकास क्षेत्र (एक्सक्लुजिभ इकोनोमिक जोन) मा नखसे ता पनि यस जबर्जस्ती क्षेप्यास्त्र परीक्षण कार्य जापानलाई कुनै पनि हालतमा स्वीकार्य नभएको र उपयुक्त अवसरमा यसको जवाफ दिइने जापानी प्रधानमन्त्री शिन्जो आबेले पत्रकारहरुलाई बताउनु भएको छ ।
उत्तर कोरियाले बारम्बार अनगिन्ती मध्यम तथा छोटो दूरीसम्म मार हान्न सक्ने शक्ति
शाली क्षेप्यास्त्र (एसआरबिएम) हरु परीक्षण गरिसकेको छ । साथै, अमेरिकी मूलभूमिसम्म प्रहार गर्न सक्ने, टुप्पोमा अत्यन्त शक्तिशाली आणविक बम जडान गरिएको अन्तरमहादेशीय क्षेप्यास्त्र (आइसिबिएम) को उत्पादन, परीक्षण र यस्तो प्रबिधिमा बिशिष्ट कौशल हासील गर्ने स्थायी धुन चढेको छ उत्तर कोरियालाई ।

पूर्ण प्रजातन्त्रबादी तथा उदारबादी दलका नवनिर्वाचित नरमपन्थी राष्ट्रपति मून जाए इनको बिजयपश्चात् उत्तर कोरियाले पहिलो पटक क्षेप्याश्त्र परीक्षण गरेको हो । राष्ट्रपति मूनले बिजयपश्चात् आफू उत्तरसँग सुमधुर दौंत्य सम्बन्ध कायम गर्न प्राथमिकता दिन इच्छुक रहेको भनी पहिलो पटक नै सौहाद्र्रपूर्ण सम्बोधन गर्नु हुँदाहुँदै उत्तर कोरियाले अनायासै निहुँ खोजेको बताइएको छ ।
उता, कोरियाली प्रायद्वीप भरी नै नायक हुने सपना बोकेको अमेरिकाको ज्यादती र अतिक्रमणलाई लक्षित गर्दै क्षेप्याश्त्रको सफल परीक्षण गरिएको उत्तर कोरियाको सरकारी मुखपत्र रोदोङ्गले जनाएको छ ।
अमेरिकाले कोरियाली प्रायद्वीप र जापानी समुद्रमा अख्तियार गर्दै आएको आफ्नो नौसैनिक रणनीति त्याग वा यसमा परिवर्तन नगरेसम्म उत्तर कोरियाले थप शक्तिशाली क्षेप्याश्त्र उत्पादन, परीक्षण तथा आणविक हातहतियार भण्डारण कार्य रोक्न बाध्य नहुने जनाउँछ उत्तर कोरिया ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस, चीन, जापान वा अन्यत्रका राष्ट्रहरु गुहारी दिन खोजेको अधिकतम दवाव वा अरु प्रकारका धम्कीहरुले उत्तर कोरिया नतर्सने बताउँदै शक्तिशाली र अति तीब्र गतिका आणविक क्षेप्याश्त्र उत्पादन, परीक्षण तथा भण्डारण गर्ने आफ्नो अभियानलाई सदैव उच्च गतिमा निरन्तरता दिई रहने रोदोङ्ग श्रोतलाई उद्धृत गर्दै केन्द्रिय कोरियाली समाचार समिति (कोरियन सेन्ट्रल न्यूज एजेन्सी – केसिएनए) ले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद