April 29, 2017

काभ्रेमा हजारौंले गरे नेपाली काङ्ग्रेस र माओवादी केन्द्र परित्याग : रोजे नयाँ शक्ति

IMG_20170427_154904
18193707_1315930685194735_9075757242778528468_n18222054_1315930715194732_6711123640831387848_n
१६ बैशाख, काभ्रे, आप्mनो स्थापना भएको एक वर्ष पनि नपुग्दै नयाँ शक्ति पार्टीले अन्य पार्टीबाट तिव्र धु्र्रविकरण गराई अन्य ठुला पार्टी सरह सागठानिका हैसियत देखाउन सफल भएको छ । स्थानिय चुनाव नजिकिदै गर्दा ठुला सत्ताधारी दलहरुबाटै पार्टी परित्याग गरि नयाँ शक्तिमा प्रबेश गर्ने लहर बढेका देख्दा अनुमान गर्न सकिन्छ कि नेपाली जनताहरुले नेपाली राजनीतिमा नयाँ स्वाद, नयाँ विकल्प खोजी रहेका छन् । IMG_20170429_143807

यसै क्रममा बैशाख १२ गते बनेपाका नेपाली काङ्ग्रेसका पूर्व अध्यक्ष तथा सुन चाँदी व्यवसायी संघका अध्यक्ष, सफल व्यवसायी र वनेपा नगरपालीकाका मेयरका प्रत्यासी रविन शाक्य करिव आप्mना पक्षका सात हजार भन्दा बढी संभावित भोटर र दश हजारका हाराहारीमा नेपाली काङ्ग्रेसका समर्थकहरु लिएर नयाँ शक्तिमा प्रबेश गरे, उनलाई डा. बाबुराम भट्टराईले नै सदस्यता प्रदान गरि स्वागत गरेका थिए । बनेपा नगरपालीकामा अवको स्थानिय चुनाबमा नयाँ शक्ति र एमालेको कम्पिटीसन हुने रविन शाक्यले बताए ।
IMG_20170429_143837फेरि IMG_20170429_144953चार दिन पनि नवित्दै बैशाख १६ गते काभ्रेकै नमोबुद्ध नगरपालीका दाप्चाका माओवादी केन्द्रको पूर्व जिल्ला सदस्य जो त्यस भेगका प्रतिष्ठित बौद्धिक, समाजसेवी र राजनीतिक विश्लेषक पनि हुन उनले पनि नयाँ शक्ति पार्टीलाई अवको राजनैतिक विकल्पको पार्टीको रुपमा आफुले बुझेको भन्दै एक दर्जन जति अन्य समकक्षिहरु लिएर पार्टी प्रवेश गरेको बताए । त्यसैगरि काभ्रे दाप्चा निवासी सञ्जय श्रेष्ठ जो कम्युनिष्ट आन्दोलनमा लामो पृष्ठभुमी भएका व्यक्ती तथा व्यापार व्यवसायमा सफल व्यक्तिले पनि आपूm लगायतका त्यस भेगका अन्य प्रतिष्ठीत व्यवसायीहरु लिएर भट्टराईको हातबाटै सपथ खाए र नयाँ शक्तिमा आप्mनो प्रबेश समृद्ध नेपालको लागि बताए ।
अर्को अनौठो त के देखियो भने सत्ताधारी पार्टीको वर्तमान कृयाकलापप्रति रुष्ठ हुदै सयौंको संख्यामा काभ्रकै साविक खार्पाचोक गा.वि.स. र हाल रोशी गाउँपालीका को ८ नं वडाका माओवादी केन्द्र उपाध्यक्षको नेतृत्वमा सिंगो गाउँ कमिटी, जनयुद्धका सहिद इन्द्र बहादुर लामाको परिवार, छोरी लगाएत ३४१ जनाले माओवादी केन्द्र 18119548_1315930761861394_6837950526660522195_nपरित्याग गर्दै नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यलमा गई औपचारीक कार्यक्रम गरि पार्टी प्रवेश गरेका छन् । यो समुह नयाँ शक्तिमा प्रवेश गरेपछि माओवादी केन्द्रको उक्त गा.पा. को वडामा उम्मेद्धार खाली हुने वताईएको छ । सवै नव प्रवेशीहरुलाई डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी स्थापना हुनुको औचित्य र आगामी कार्यक्रमको बारेमा प्रष्ट्याएका थिए । यसै क्रममा आजै सिराहा, वारा र रौतहतबाट पनि नयाँ शक्ति पाटीमा सयौंका संख्यामा पार्टी प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार