April 28, 2017

बजारमा विषालु आँप : उपभोक्ता मन्द विषको सिकार

 

 
 
वीरगन्ज, वैशाख १४ । रसायन हालेर पकाएको भारतीय आँप वीरगन्जको स्थानीय बजारमा खुलेआम बिक्री हुने गरेकाले उपभोक्ता मन्द विषको सिकार हुन थालेका छन् ।खासगरी प्राकृतिकरुपमा आँप पाक्ने समय असार महिनाको अन्त्यदेखि साउन÷भदौ महिनाको समय भएपनि स्थानीय बजारमा भने वैशाख सुरुदेखि नै आँपले बजार कब्जा गरेको देखिन्छ । बिक्रीका लागि राखिएका यस्ता भारतीय आँपको परीक्षण नहँुदा उपभोक्ता विषाक्त आँप खान बाध्य देखिन्छन् । यसले गर्दा खाद्य बजार विषालु बन्दै गएको छ भने अर्काेतिर उपभोक्ता मन्द विषको सिकार भई विभिन्न रोगबाट प्रभावित भएको देखिन्छ ।

व्यापारीले बढी मुनाफा लिन भारतबाट आउने यस्ता काँचो आँपमा कारवाइड नामक रसायन राखेर २४ घन्टामै पकाएर बिक्रीका लागि राख्ने गर्दछन् । खासगरी छिमेकी मुलुक भारतको दिल्ली, चेन्नइबाट सीमावर्ती भारतको रक्सौलका व्यापारीले यस्ता आँप ल्याउने गरेको र ती आँप फुटकर भारतीय व्यापारी साइकलमा राखेर वीरगन्जको बजारमा बिक्री गर्दै आइरहेका छन् ।

पहँेलो, पाकेको, हेर्दा खाउँखाउँजस्तो लाग्ने आँप ठेलामा, साइकलमा राखेर वीरगन्ज बजारमा बिक्री गर्ने भारतीय व्यापारीको सङ्ख्या ५० भन्दा बढी रहेको भन्दै भारत मोतिहारीका दिनेश सहनी भन्छन्, “नेपाली सीमा क्षेत्रमा रहेको प्लान्ट क्वारेन्टाइन चेक पोष्ट, भन्सार कर्मचारी र प्रहरीलाई रकम दिएर ती आँप वीरगन्जको बजारमा बिक्रीका लागि ल्याउने गर्दछु ।”
वीरगन्ज भन्सार नाकाबाट दैनिक रु पाँच लाख बराबरको १० क्विन्टल भारतीय आँप व्यापारीले भित्र्याउने गरेको वीरगन्ज भन्सारका एक कर्मचारीको भनाइ रहेको छ ।

वीरगन्जबजारमा छ्याप्ती–छ्याप्तीरुपमा कारवाइड नामक विषादी हालेर पकाएको आँप खान पनि विचार पु¥याउनुपर्ने उपभोक्ता शेषमन पण्डितको भनाइ छ । कारवाइड (कार्बन) नामक रसायन प्रयोग गरी पकाएको आँप खानाले मानव स्वास्थमा प्रतिकूल असर पर्ने, पेट दुख्ने, आँखामा प्रभाव पार्ने, मुटुमा प्रभाव पार्ने, जिब्रो टर्रो हुने, स्वाद नआउने भएकाले यस्ता आँप खान सचेत हुनुपर्ने विचार चिकित्सकको छ ।

प्राकृतिकरुपमा पाक्नुभन्दा पहिले बढी आर्थिक लाभ लिन व्यापारीले रसायन हालेर कृत्रिमरुपमा आँप पकाउने गरेको र खुलेआम बिक्री गरेकाले यस्ता आँप खाँदा स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुँदा यस्ता आँप बिक्री वितरणमा सम्बन्धित निकायले रोक लगाउनुपर्ने वीरगन्जवासीको माग रहेको छ ।

भारतबाट आउने रसायन हालेर पकाएको यस्ता आँप अहिले वीरगन्ज बजारमा प्रतिकिलो रु सयदेखि दुई सयसम्ममा बिक्री हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग