काठमाडाैं । सत्तारूढ दल र मधेस केन्द्रित दलका नेताहरूबीच बालुवाटारमा जारी बैठकमा यतिबेला धेरैको नजर टिकेको छ। मधेस केन्द्रित दलहरू चुनावमा सहभागी हुने, त्यसका लागि सरकारले मधेस केन्द्रित दलबाट प्रस्तावित बुँदाहरू समावेस गरेर परिमार्जन सहित संविधान संशोधन प्रस्ताव संसदमा लैजाने विषयमा भएको छलफल करिब टुंगोमा पुगेको छ।
तर चुनावको मिति सार्ने बिषय निकै पेचिलो बनेको छ। बालुवाटार बैठकमा यसैबारे छलफल चलेको छ।
‘बैशाख ३१ हैन जेठ २५ मा पनि चुनावका लागि तयारी पुग्दैन’
संविधान संशोधनको विषयमा दुबै पक्षबीच कुरा करिव मिलिसकेको छ। अब पेचिलो विषय बनेको छ चुनाव मिति।
‘संशोधनको विषयमा करिव कुरा मिल्यो,’ राजपाका नेता मनिष सुमनले डिसी नेपालसँग् भने ‘चुनावको मितिको विषयमा छलफल भैरहेको छ, जेठ २५ को मितिमा पनि सबै तयारी र प्रकृयाहरू पूरा गर्नका लागि प्रयाप्त होला वा नहोला भन्नेमा बहस चलिरहेको छ।’
मोर्चामा रहेका ६ वटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीको चुनाव चिन्ह निर्वाचन आयोगले छापेको अहिलेको मत पत्रमा छैन। नयाँ दलको निर्वाचन कार्यालयमा दर्ता प्रकृया नै बाँकी छ। त्यसैले मधेस केन्द्रित दलहरूको एकता पछिको स्थितिले चुनावको सेड्युल प्रभावित पार्ने स्पष्ट छ।
चुनाव चिन्ह र नयाँ दल चुनावमा सहभागी हुने प्रकृया पूरा गर्नका लागि जेठ २५ गतेसम्मको मिति पनि अप्रयाप्त हुने राजपाका नेताहरूको भनाइ छ।
‘संशोधनको विषयमा करिव कुरा मिल्यो,’ राजपाका नेता मनिष सुमनले डिसी नेपालसँग् भने ‘चुनावको मितिको विषयमा छलफल भैरहेको छ, जेठ २५ को मितिमा पनि सबै तयारी र प्रकृयाहरू पूरा गर्नका लागि प्रयाप्त होला वा नहोला भन्नेमा बहस चलिरहेको छ।’
बैठकको बीचमा बाहिरिएका यातायात मन्त्री रमेश लेखकले चुनाव सार्ने विषयमा छलफल केन्द्रित रहेको संचारकर्मीमाझ बताए। ‘मोर्चा चुनावमा आउने भएपछि चुनावका प्रकृयाहरू पूरा गर्नका लागि मिति सार्नु पर्ने स्थितिमा कसरी सहमति गर्ने भन्नेबारे छलफल जारी छ।’ मन्त्री लेखकले भने।
मोर्चा सम्बद्ध दलहरूको एकताबाट बनेको नयाँ दल राष्ट्रिय जनता पार्टीलाई चुनावी प्रकृयामा ल्याउँदा त्यसले पार्ने बहुआयामिक असरबारे बालुवाटार बैठकमा छलफल जारी छ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि