सरकारले गर्यो दुई जिल्लाको सीमांकन हेरफेर

cabinet-1-816x405

रुकुम र नवलपरासीका दर्जन बढी गाविसको प्रदेश फेरियो

काठमाडौं, वैशाख १३– प्रदेश सीमांकनको विषयमा विवाद कायमै रहेकाबेला सरकारले केही ठाउँको सीमांकन हेरफेर गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले रुकुम र नवलपरासीका साविकका केही गाविसलाई अर्कै प्रदेशमा गाभ्ने निर्णय गरेको हो ।

सरकारले रुकुमको सिस्ने लगायतका ११ वटा गाउँ विकास समितिलाई पाँच नम्बर प्रदेशमा राख्ने तथा नवलपरासीको साविकको त्रिवेणी गाविसको केही वडालाई ४ नम्बर प्रदेशमा गाभ्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीका अनुसार बुधबार अपरान्ह बसेको मन्त्रीपरिषद बैठकले रुकुमका ११ वटा गाविसलाई पाँच नम्बर प्रदेशमा राख्ने निर्णय गर्नुका साथै बाँकी गाउँ विकास समितिहरुलाई भने ६ नम्बर प्रदेशमा राख्ने निर्णय पनि गरिएको छ ।

रुकुमका गाउँ विकास समितिहरुलाई प्रदेश नम्बर ५ र ६ मा मिलाएर समावेश गर्ने निर्णय गरिएको मन्त्री कार्कीले बताए । नवलपरासीको त्रिवेणी गाउँ विकास समितिको वडा नम्बर ६ र ७ लाई विनयी गाविसमा गाँभी प्रदेश नम्बर ४ समावेश गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका