मोदीको फोन आएलगत्तै मधेसी दलका शीर्ष नेता भारतीय दूतावास पुगे, दिल्लीले के भन्यो ?

Rajapa-morchaकाठमाडौं, १३ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेलगत्तै ६ मधेसी दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)का शीर्ष नेताले भारतीय राजदूत मन्जिभ सिंह पुरीलाई भेटेका छन् ।

स्रोतका अनुसार मंगलबार साँझ लैनचौरस्थित भारतीय राजदूतावासमा पुगेर नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, अनिलकुमार झा, राजकिशोर यादव र शरत्सिंह भण्डारीले राजदूत पुरीलाई भेटेका हुन । भेटमा आसन्न स्थानीय तहको निर्वाचनबारे कुराकानी भएको स्रोतको भनाई छ ।

छलफलका क्रममा भारतीय राजदूत पुरीले ‘तपाईका मागअनुसार सरकार अगाडि बढेको छ । अब त चुनावमा भाग लिनुस्’ भनेर आग्रह गरेका छन् । जवाफमा मधेसी नेताहरुले आफूहरू चुनावविरोधी नभएको स्पष्ट पार्दै चुनावमा सहभागी हुनेबारेमा सोचिरहेको बताएका थिए ।

यता दूतावास बैठकमा सहभागी नेता राजकिशोर यादवले आफूहरु दूतावास गएको र समसामयिक विषयमा सामान्य कुराकानी भएको जानकारी दिए ।

भारतीय प्रधानमन्त्री मोदीले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोन गरेर स्थानीय तहको चुनावमा सक्दो सहयोग गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी