
काठमाडौँ, वैशाख १२ – नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालबीच एकीकरण हुने भएको छ । एकीकरण प्रकृयाको शुरुवातसँगै ती दुई दल एउटै पार्टी एउटै मसाल चिन्हमा चुनाव लड्ने भएको छ ।
मसाल छाप उपेन्द्र यादव नेतृत्वको फोरम नेपालको रहेको छ ।
आज दुवै पार्टीले सो चुनाव चिन्हबाट चुनाव लड्ने जानकारी आयोग पनि गराइसकेको छ ।
यसअघि चुनाव चिन्ह नपाएको भन्दै नयाँ शक्ति नेपालले आन्दोलन गर्दै आइरहेको थियो ।
फोरम नेपाल स्रोतका अनुसार बैशाख १९ गतेभन्दा पहिले दुई दलबीच एकीकरण हुने निश्चित भएको छ ।
लगभग उपेन्द्र यादव नै अध्यक्ष रहने सहमति भएको छ यद्यपी यस विषयमा दुई दलका अध्यक्षहरु आपसमा बसेर टुंग्याउन बाँकी छ ।
चुनाव चिन्ह फोरम नेपालको रहनेछ भने झण्डा नयाँ शक्ति नेपालको रहने तय भइसकेको छ ।
मधेशी मोर्चामा आवद्ध छ दलले एकीकरण गरेपछि यी दुई दलबीचमा एकीकरणका लागि दवाव परेको बताइएको छ ।
यी दुई दलमा एकीकरण नभए मधेशमा समस्या हुने विश्लेषण गरेर नै यी दुई दल एकीकरणका लागि तयार भएको स्रोतको दावी छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद