‘पर्व’ ट्रेलर रिलिज (भिडियो)

नम्रता श्रेष्ठ र कोशिश क्षेत्रीको लिड रोल रहेको फिल्म ‘पर्व’ को अफिसियल ट्रेलर रिलिज भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण कम्पनी सुवास इन्टरटेन्मेन्ट र टिभी फिल्मीले ‘पर्व’ को ट्रेलरसँगै मोसन पोस्टर पनि सार्वजनिक गरेको हो ।

 थ्रिलर हरर जनरामा निर्माण भएको फिल्मको ट्रेलरमा नायक कोशिश क्षेत्री लेखकको भूमिकामा देखिएका छन् भने नम्रता श्रेष्ठलाई मानसिक रोगीको भूमिकामा देख्न सकिन्छ । ट्रेलर रिलिज अगावै सार्वजनिक भएको ‘पर्व’ को ‘काले दाई’ बोलको आइटम गीतले युटुबमा ९० लाख बढी भ्यू पाइसकेको छ । गीतबाटै प्रतिक्षित बनेको ‘पर्व’ लाई ट्रेलरले प्रमोशनमा थप मदद्त पुग्नेमा शंका छैन् ।

‘मोक्ष’ फिल्मबाट नेपाली रजतपटमा भित्रिएका नायक कोशिश क्षेत्री र यसअघि नै दर्जनौ सफल फिल्म दिइसकेकी नायिका नम्रता श्रेष्ठले पहिलो पटक ‘पर्व’ मार्फत एकसाथ स्क्रिन शेयर गरेका हुन् । आफ्नो भूमिकाको विषयमा पत्रकारहरुलाई बताउँदै नायक क्षेत्रीले भने, ‘मलार्ई निर्देशक दिनेश राउत र नायिका नम्रता श्रेष्ठसँग काम गर्न खुबै रहर थियो, जुन ‘पर्व’ बाट पूरा भएको छ । मैले फिल्ममा एक लेखकको भूमिका निर्वाहा गरेको छु, जो मानसिक रोगी आफ्नी प्रेमिकालाई हरेक पल साथ दिने गर्छ ।’

त्यस्तै, नायिका नम्रता श्रेष्ठले फिल्म ‘पर्व’ उत्कृष्ट बनेको दावी गरिन् । फिल्ममा सुवास गिरी र निकिता पौडेलको लगानी रहेको छ । कोशिश क्षेत्रीको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा विकास सुवेदी एसोसियट निर्देशकको रुपमा रहेका छन् ।

‘पर्व’ को विषयमा बोल्दै निर्देशक दिनेश राउतले भने, ‘पहिलो पटक थ्रीलर, सस्पेन्स र हरर फिल्म निर्देशन गरेको छु । सुरुमा त म गर्न सक्छु जस्तो लागेको थिएन तर लभस्टोरी फिल्म भएपनि हरर फिल्म भएपनि फिल्म त फिल्म नै हो । मात्र जनरा फरक हो । अब मैले कस्तो काम गरेको छु भन्ने थाहा पाउन त ‘पर्व’ हलमा लागेपछि मात्र थाहा होला ।’ दिनेशले यस अगाडि ‘आइ एम सरी, नोभेम्बर रेन, क्लासिक’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

फिल्ममा कोशिश र नम्रताका अलवा माला लिम्बू, अमितेष शाह, प्रिया रिजाल, श्रीयन्स तिमिल्सिना लगायतका कलाकारहरु पनि अभिनय रहेको छ । फिल्मका निर्देशक सुवास गिरीले ‘पर्व’ लाई उत्कष्ट बनाउन कुनै कसर बाँकी नराखेको जानकारी दिए ।

फिल्ममा कोशिश क्षेत्री र राजन राज सिवाकोटीको संगीत, दिनेश राउत र सिवाकोटीकै शब्द छ । निश्चल बस्नेत, मिना निरौला, केतन क्षेत्री र राजनराज सिवाकोटीले गीतमा स्वर रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको