दमक क्याम्पसमा शिक्षक र विद्यार्थीबीच मुक्का हानाहान

Mahesh-bhattrai-768x460९ बैशाख, झापा । झापाको दमक बहुमुखी क्याम्पसका एक शिक्षकले मुक्का प्रहार गर्दा विद्यार्थी घाइते भएका छन् । विज्ञान संकाय अन्तरगत भौतिक शास्त्रका विभागीय प्रमुख लोकेन्द्र चेम्जोङले मुक्का प्रहार गर्दा विएस्सी दोस्रो वर्ष अध्ययनरत महेश भट्टराई घाइते भएका हुन् ।

शिक्षक नियमित रुपमा प्रयोगात्मक कक्षामा नआएपछि ‘कम्प्लेन’ गर्न जाँदा आफूमाथि निर्घात कुटपिट भएको स्वतन्त्र विद्यार्थी यूनियनका सदस्य भट्टराईले अनलाइनखबरसँग बताए ।  ‘नियमित कक्षा सञ्चालनका लागि आग्रह गर्दा उहाँले मलाई कुटपिट र मुक्का प्रहार गर्नुभयो’, उनले भने, ‘प्रयोगात्मक कक्षामा उहाँ अहिलेसम्म एक/दुई दिन मात्र उपस्थित हुनु भएको छ ।’

भट्टराईको दाहिने आँखाको डिलमा दुई वटा टाँचा लगाउनु परेको छ । साथै, निधार, गाला र घाँटीमा पनि चोट लागेको छ ।

प्राध्यापक भन्छन्-प्रतिवाद मात्र गरेको हुँ

यस सम्बन्धित प्राध्यापकसँग अनलाइनखबरले कुरा गर्दा उनले आफूमाथि हातपात भएपछि प्रतिवाद गरेको बताए । ‘नियमित कक्षामा तपाईं किन नआउने भन्दै मलाई विद्यार्थी भाईले गर्नु फोन गर्नु भो । त्यसपछि गालीगलौज पनि गर्नु भो’, उनले सुनाए, ‘म पारिवारिक समस्याले हस्पिटलमा थिएँ । त्यसबारेमा सुनाउँदा पनि उनले गाली गरिरहे ।’

त्यसपछि क्याम्पसमा आएर अन्य शिक्षकहरुसँग कुरा गर्दै गर्दा भट्टराई आएर वादविवाद गर्न थालेपछि मुक्का प्रहार भएको उनले बताए । ‘मलाई मुक्का हानेपछि मैले प्रतिकार गरेको हुँ’, उनले भने, ‘सुरुमा विद्यार्थीले हाने पछि आवेशमा आएर मैले पनि प्रहार गरेँ ।’

विवाद समाधानका लागि छलफल

क्याम्पसका प्रमुख उत्तम भट्टराईले प्राध्यापकबाट गल्ती भएको स्वीकार गर्दै विवाद समाधानका लागि छलफल भइरहेको बताए । उनले भने, ‘प्राध्यापक चेम्जोङ आफ्नो बुवालाई लिएर अस्पतालमा गएको वेलामा विद्यार्थीले उग्र भएर फोन गरेपछि आवेशमा आउँदा उहाँबाट गल्ती भयो ।’

स्वतन्त्र विद्यार्थी युनियन, दमक बहुमुखी क्याम्पसले विद्यार्थीलाई मुक्का प्रहार गर्ने प्राध्यापकलाई निष्काशन गर्नु पर्ने मागसहित प्रेस विज्ञप्ति निकालेकोे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ