
बलिउड निर्देशक करण जौहरले अभिनेता अजय देवगणका बारेमा कटु टिप्पणी गरेका छन् । हालै एक अन्तरवार्तामा उनले अजयको बारेमा भने, ‘म त्यो मान्छेलाई चिन्दिन ।’
उनले अगाडि भने, ‘त्यो मान्छे काजोलको श्रीमान होला तर मेरो कोही पनि होइन । न म उसलाई पहिले चिन्थेँ, न अहिले चिन्छु । उसको बारेमा म केही पनि बोल्न चाहन्न ।’
करणको पछिल्ला दिनमा अजयकी श्रीमती काजोलसँग सम्बन्ध नराम्रोसँग बिगि्रएको छ । करणले बारम्बार आफूहरुबीचको बिगि्रएको सम्वन्धबारे टिप्पणी गर्दै आएका छन् । अन्तरवार्तामा उनले भने, ‘कुनै पनि मित्रताको एक्सपायरी डेट हुन्छन्, काजोल र मेरो मित्रतामा त्यो डेट सकिइसकेको छ ।’
करणले गरेको यस्तो टिप्पणीलाई अजय र काजोलले कसरी लिनेहुन् हेर्न बाँकी छ ।-एजेन्सी
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको