काठमाडौं । लामोसमयदेखि विभाजनको मार खेप्दै आएका पाँच मधेस केन्द्रत दलबीच एकीकरणको टुंगो लागेको छ। एउटै विचार, सिद्धान्त र लक्ष्य लिएका पाँच मधेस केन्द्रत दलबीच बिहीबार दिउँसो एकीकरणको औपचारिक घोषणा हुने भएको हो।
बुधबार राति अबेर राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीको निवासमा बसेको बैठकले पाँच दलबीच एकीकरण गर्ने निर्णय गरेको तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र रायले जानकारी दिए। उनले अनिल झा नेतृत्वका नेपाल सद्भावना पार्टीसँग पनि एकताको प्रयास भइरहेको जानकारी दिए।
एकीकृत पार्टीको नाम राष्ट्रिय जनता पार्टी राख्ने सहमति भएको छ भने चुनाव चिन्ह छाता राख्न नेताहरु सहमत भएका छन्। एकता महाधिवेशन नभएसम्मकालागि चक्रीय प्रणाली अनुसार नेतृत्व गर्न नेताहरु सहमत भएका छन्। एकीकृत पार्टीको संयोजकमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई चयन गरिएको छ। ठाकुरपछि संसदमा प्रतिनिधित्वका हिसावले नेतृत्व गर्ने सहमति भएको छ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्