चितवनमा आयोजित विप्लव माओवादीको कार्यक्रममा २२ जना पक्राउ

Chitwan-Police-768x460७ बैशाख, चितवन । विप्लव माओवादीले चितवनको भरतपुरमा आयोजना गरेको सभालाई प्रहरीले बिथोलिदिएको छ । चौबिसकोठीमा आयोजित सभालाई पार्टी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले सम्वोधन गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेको थियो ।

कार्यक्रम स्थलबाट प्रहरीले २२ जनालाई नियन्त्रणमा समेत लिएको विप्लव माओवादीले जनाएको छ ।

 

विप्लव माओवादीले चुनाव विरोधी गतिविधि गरिरहेकाले हस्तक्षेप गर्नुपरेको प्रहरी स्रोतले बतायो । विप्लव माओवादीले आसन्न स्थानीय तहको चुनावलाई असफल पार्न अभियान चलाइरहेको छ ।

चितवन प्रहरी प्रमुख दीपक थापाका अनुसार सुरुमा विप्लव माओवादीले शान्तिपूर्ण र्‍याली निकालेको थियो । तर, सभा हुने बेला माओवादी कार्यकर्ताहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । दिउँसो दुई बजेदेखि चार बजेसम्म ढुंगा हानाहान भएको थियो भने विप्लव माओवादी कार्यकर्ताहरुले बिभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए । त्यसपछि स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने