चिनियाँ अपराधकर्मी पक्राउ

म्याड्रिड । विभिन्न अपराधमा संलग्न रहेको आरोपमा २५ जना चिनियाँको एक अपराधी समूहलाई उत्तरपूर्वी स्पेनको क्याटोलिना क्षेत्रीय प्रहरी कार्यालयले पक्राउ गरी हिरासतमा लिएको छ । यस अपराधी समूहद्वारा जबर्जस्ती बेश्यावृत्तिमा लाग्न बाध्य बनाइएका २२ जना चिनियाँ युवतीलाई पनि प्रहरीले मुक्त गराएको छ ।

 क्षेत्रीय प्रहरी कार्यालयले आज एक विज्ञप्ति प्रकाशित गरी क्याटोलिनाको क्षेत्रीय राजधानी बार्सिलोना र निकटवर्ती इलाकामा अबैध बेश्यालय सञ्चालन गर्न गराउन यही अपराधी समूहको भूमिका रहेको जनाएको छ । प्रहरीले यस समूहलाई फुजियन ग्याङ्ग भन्ने नामकरण गरेको र यस ग्याङ्गका सबै बदमासलाई अप्रिल १० तारेखदेखि नै पक्राउ गर्न खोजिरहेको थियो ।

यो अपराधी समूहले नगरमा अबैध बेश्यावृत्ति सञ्चालन, लागुपदार्थ ओसारपसार तथा बेचबिखनलगायत विभिन्न अपराध गर्दै गराउँदै आएको समेत स्पेनिस प्रहरीले आरोप लगाएको छ । यही अपराधी समूहका बदमासले अन्य मुलुकमा रहेका सीधासादा चिनियाँ युवतीहरूलाई ललाई फकाई, उनीहरूबाट पैसा लिई नक्कली कागजतपत्र बनाई स्पेन छिराउने र अन्ततः बेश्यावृत्ति वा अन्य प्रकारका यौन धन्दामा लगाउने गरेका थिए ।

ती सीधासादा चिनियाँ युवतीहरूलाई १५ हजार युरो (१६ हजार अमेरिकी डलर) ठगेको आरोप पनि स्पेन प्रहरीले यिनीहरूमाथि लगाएकोमा स्पेनको एउटा स्थानीय अदालतमा मुद्दा सुनुवाई हुँदा यीमध्ये ११ जनालाई काराबासको सजाय तोकिएको थियो । तीमध्ये बाँकी १४ जनाको राहदानी जफत गर्नुका साथै सामान्य जरिवाना तिराई प्रहरी हिरासतबाट मुक्त गरिएकोसमेत जनाइएको छ । –एपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष