
बुधबार सत्ताधारी प्रमुख प्रतिपक्ष्सहित पाँच दलको बैठकमा गच्छदारले निर्वाचन सार्न सुझाव दिएका हुन् । गच्छदारले स्थानीय चुनावअघि संसद र प्रदेशको चुनाव गर्नुपर्ने सुझाएका छन् ।
फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीकाअनुसार लोकतान्त्रिकले मधेशी मोर्चासँग सहमति बन्न नसकिरहेको अवस्थामा कात्तिकमा संसदको चुनाव र त्यसपछि प्रदेशको अनि स्थानीय चुनाव गराउन सुझाव दिएको छ ।
स्थानीय तहको चुनावका लागि मधेशी मोर्चा तयार नभएपनि संसदको चुनावका लागि तयार हुने अध्यक्ष गच्छदारको दावी थियो । सविधान संशोधनमा मधेशी मोर्चासँग सहमति हुने सम्भावना धेरै कम रहेको भन्दै यस अवस्थामा चुनाव पनि हुन नसक्ने उनले बताए । कात्तिकमा संसदको चुनाव गराउँदा राम्रो हुने सुझाव दिएको चौधरीले जानकारी गराए ।
महासचिव चौधरीले भने– ‘मधेशी र थारुको माग सम्बोधन हुने गरी सविधान संशोधन नभए स्थानीय चुनाव हुन सक्दैन भन्ने कुरा बैठकमा राख्यौं, यदि यसबीचमा सहमति हुन सक्दैन भने कात्तिकमा संसद र प्रदेशको चुनाव गरी प्रदेश मातहत स्थानीय तहको चुनाव गराउँदा राम्रो हुने सल्लाह दिएको तर त्यसको जवाफ केही पाएनौं ।’
तीन दलको बीचमा भएको १६ बुँदे सहमति तोडेका कारण राजनीतिकमा यस्तो समस्या उत्पन्न भएको पनि गच्छदारले बैठकमा राखेका थिए ।
अध्यक्ष गच्छदारले एमालेका अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नामै किटान गरी १६ बुँदे सम्झौता उल्लंघन गरेको दाबी गरेका थिए । ‘तपाईँहरुकै कारण नेपाली जनताले दुख पाइरहेका छन् ।’ गच्छदारले भनेका थिए ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि