चुनाव कात्तिकमा गराउँ : गच्छदार

all-party-meeting-bijay-gachhadar7

 काठमाडौ बैशाख ६– बैशाख ३१ गते स्थानीय चुनाव हुने कि नहुने अन्योल भइरहेकाबेला मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले कात्तिकमा चुनाव गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् ।

बुधबार सत्ताधारी प्रमुख प्रतिपक्ष्सहित पाँच दलको बैठकमा गच्छदारले निर्वाचन सार्न सुझाव दिएका हुन् । गच्छदारले स्थानीय चुनावअघि संसद र प्रदेशको चुनाव गर्नुपर्ने सुझाएका छन् ।

फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीकाअनुसार लोकतान्त्रिकले मधेशी मोर्चासँग सहमति बन्न नसकिरहेको अवस्थामा कात्तिकमा संसदको चुनाव र त्यसपछि प्रदेशको अनि स्थानीय चुनाव गराउन सुझाव दिएको छ ।

 

स्थानीय तहको चुनावका लागि मधेशी मोर्चा तयार नभएपनि संसदको चुनावका लागि तयार हुने अध्यक्ष गच्छदारको दावी थियो । सविधान संशोधनमा मधेशी मोर्चासँग सहमति हुने सम्भावना धेरै कम रहेको भन्दै यस अवस्थामा चुनाव पनि हुन नसक्ने उनले बताए । कात्तिकमा संसदको चुनाव गराउँदा राम्रो हुने सुझाव दिएको चौधरीले जानकारी गराए ।

महासचिव चौधरीले भने– ‘मधेशी र थारुको माग सम्बोधन हुने गरी सविधान संशोधन नभए स्थानीय चुनाव हुन सक्दैन भन्ने कुरा बैठकमा राख्यौं, यदि यसबीचमा सहमति हुन सक्दैन भने कात्तिकमा संसद र प्रदेशको चुनाव गरी प्रदेश मातहत स्थानीय तहको चुनाव गराउँदा राम्रो हुने सल्लाह दिएको तर त्यसको जवाफ केही पाएनौं ।’

तीन दलको बीचमा भएको १६ बुँदे सहमति तोडेका कारण राजनीतिकमा यस्तो समस्या उत्पन्न भएको पनि गच्छदारले बैठकमा राखेका थिए ।

अध्यक्ष गच्छदारले एमालेका अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नामै किटान गरी १६ बुँदे सम्झौता उल्लंघन गरेको दाबी गरेका थिए । ‘तपाईँहरुकै कारण नेपाली जनताले दुख पाइरहेका छन् ।’ गच्छदारले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद