काठमाडौं, ५ वैशाख । निरन्तर उकालो लाग्दै आएको सेयर बजार आज भने दोहोरो अङ्कले ओरालो लागेको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार आज बजार ३९.५७ बिन्दुले ओरालो लागेर एक हजार ६१२ बिन्दुमा अडिएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत आज ९.०८ बिन्दुले घटेको छ ।
कुल १४२ कम्पनीको २२ लाख नौ हजार ९३१ कित्ता सेयर एक अर्ब ५० करोड ९४ लाख ८८ हजार ८२८ मूल्यमा बिक्री भएको स्टकले जनाएको छ । उत्पादन समूहबाहेक अरु समूहको सेयर घट्दा बजार ओरालो लागेको हो । सो समूहको सेयर मूल्य ८.९६ बिन्दुले बढेको छ ।
बैंकिङ समूह ४४.०७, होटल ४६.३७, विकास बैंक ३८.८७, जलविद्युत् ७१.२४, फाइनान्स १.९५, बिमा १८४.४७ र अन्य समूह ६.०७ प्रतिशतले घटेको छ । निरन्तर बुलिस टे«न्डमा अगाडि बढेको बजार स्थानीय तहको निर्वाचनको विषयमा आइरहेका परस्पर विरोधी धारणाले पनि वियरिङ टे«न्डतिर फर्केको हुन सक्ने अड्कल गरिएको छ । रासस
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि