
अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले अप्रिल १९ अर्थात् बुधबार बिहान एक ठूलो क्षुद्रग्रह पृथ्वीको नजिक आउने बताएको छ ।
नासाले उक्त ग्रह पृथ्वीको नजिकै करिब १८ लाख किलोमिटरबाट गुज्रने र त्यसबाट पुथ्वीलाई कुनै नोक्सान नपुग्ने उल्लेख गरेको छ ।
‘२०१४ जे ओ २५’ नाम गरेको उक्त ग्रह सन् २०१४ मा नै अमेरिकाको एरिजोनास्थित कैटलिना स्काइ सर्भेका खगोलविद्हरुले पत्ता लगाएका थिए ।

बुधबार बिहान नेपाली समयअनुसार ९ बजेर ९ मिनेटमा उक्त ग्रह पृथ्वीको सबैभन्दा नजिक आउने छ । उक्त ग्रहको गति १,२०,८१६ किलोमिटर प्रतिघन्टाको हुनेछ ।
नासाकाअनुसार यसको आकार ६५० मिटरभन्दा ठूलो भएकोले सामान्य टेलिस्कोपले सजिलै देख्न सकिने छ ।
नासाले यसपछि सन् २०२५ मा ८०० मिटरको अर्को छुद्रग्रह पृथ्वीको नजिक आउनेसमेत बताएको छ ।
बुधबार बिहानको समयमा खगोलविद्हरुले छुद्रग्रहकाबारेमा अध्ययन गर्न महत्वपूर्ण अवसर पाउनेछन् । नासाले पछिल्लो ४०० वर्षमा यति ठूलो छुद्रग्रह पृथ्वीको नजिक आएको उल्लेख गरेको छ ।

साथै, नासाका खगोलविद्हरुले बुधबार बेलुका नै ‘पैनस्टार्स’ नाम गरेको धुमकेतु (सी २०१५ इआर ६१) पनि पृथ्वीको नजिकबाट यात्रा गर्ने बताएका छन् ।
तर, यस पैनस्टार्सलाई भने सामान्य टेलिस्कोपले देख्न नसकिने उनीहरुको भनाइ छ ।
यस पैनस्टार्स पृथ्वीको १७ करोड ५० किलोमिटरको दुरीबाट गुज्रने छ । (एजेन्सी)
भिडियो हेर्नुहोस्
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद