भोलि पृथ्वीको नजिक ठूलो छुद्रग्रह आउँदै, यसरी हेर्न सकिन्छ (भिडियोसहित)

काठमाडौं, वैशाख ५ । बुधबार (भोलि) ४०० वर्षपछि पृथ्वीको नजिक एक ठूलो छुद्रग्रह आउँदै छ । तर, पृथ्वीमा यसले कुनै असर भने गर्ने छैन ।

अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले अप्रिल १९ अर्थात् बुधबार बिहान एक ठूलो क्षुद्रग्रह पृथ्वीको नजिक आउने बताएको छ ।

नासाले उक्त ग्रह पृथ्वीको नजिकै करिब १८ लाख किलोमिटरबाट गुज्रने र त्यसबाट पुथ्वीलाई कुनै नोक्सान नपुग्ने उल्लेख गरेको छ ।

‘२०१४ जे ओ २५’ नाम गरेको उक्त ग्रह सन् २०१४ मा नै अमेरिकाको एरिजोनास्थित कैटलिना स्काइ सर्भेका खगोलविद्हरुले पत्ता लगाएका थिए ।

बुधबार बिहान नेपाली समयअनुसार ९ बजेर ९ मिनेटमा उक्त ग्रह पृथ्वीको सबैभन्दा नजिक आउने छ । उक्त ग्रहको गति १,२०,८१६ किलोमिटर प्रतिघन्टाको हुनेछ ।

नासाकाअनुसार यसको आकार ६५० मिटरभन्दा ठूलो भएकोले सामान्य टेलिस्कोपले सजिलै देख्न सकिने छ ।

नासाले यसपछि सन् २०२५ मा ८०० मिटरको अर्को छुद्रग्रह पृथ्वीको नजिक आउनेसमेत बताएको छ ।

बुधबार बिहानको समयमा खगोलविद्हरुले छुद्रग्रहकाबारेमा अध्ययन गर्न महत्वपूर्ण अवसर पाउनेछन् । नासाले पछिल्लो ४०० वर्षमा यति ठूलो छुद्रग्रह पृथ्वीको नजिक आएको उल्लेख गरेको छ ।

साथै, नासाका खगोलविद्हरुले बुधबार बेलुका नै ‘पैनस्टार्स’ नाम गरेको धुमकेतु (सी २०१५ इआर ६१) पनि पृथ्वीको नजिकबाट यात्रा गर्ने बताएका छन् ।

तर, यस पैनस्टार्सलाई भने सामान्य टेलिस्कोपले देख्न नसकिने उनीहरुको भनाइ छ ।

यस पैनस्टार्स पृथ्वीको १७ करोड ५० किलोमिटरको दुरीबाट गुज्रने छ । (एजेन्सी)

भिडियो हेर्नुहोस् 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि