योगा र अध्यात्मक सोचले देश हाँक्ने शक्ति पाएको छु: सुजाता कोइराला (भिडियो)

1490416648sujata

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला क्यान्सरको शल्यक्रियापछि फेरि राजनीतिमा सक्रिय भएकी छन् ।

विगत ६ महिना भन्दा धेरै समय सक्रिय राजनीतिमा नदेखिएकी नेतृ कोइराला निर्बाचनलाई सफल बनाउन र कांग्रेस एकढिका भएर अघि बढ्न सकरात्मक सोच आवश्यक रहेको सार्वजनिक अभिब्यक्ति दिइरहेकी छन् । स्थानीय तहको निर्बाचन, प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण र निर्बाचनमा नेपाली कांग्रेसको अवस्थाबारे गरेको कुराकानीको अंश:

तपाईंको स्वास्थ्य अवस्था कस्तो छ, कसरी बित्दैछ दैनिकी ?

स्वास्थ्य धेरै ठिक भइसक्यो । विहान र बेलुकी योगा गर्न थालेकी छु । धेरैजसो अध्यात्मक विषयबस्तुका बारेमा जानकारी लिन ध्यान दिने गरेको छु । अहिले नयाँ जिवन पाएजस्तो महसुस भइरहेको छ । योगा गर्न थालेपछि नयाँ सोचको विकास भएको छ । मलाई यस्तो लागिरहेको छ की देश हाँक्ने नेताहरुले अध्यात्मक सोच, योगा र सोच परिवर्तन आवश्यक देखिरहेको छु ।

राजनीतिमा आक्रोशपूर्ण सोच कत्तिको आवश्यक रहेछ ?

त्यस्तो आवश्यक छैन् । देशका लागि काम गर्न सकरात्मक सोच आवश्यक छ । हामीमा अध्यात्मक सोच जरुरी छ ।

क्यान्सरको उपचारपछि तपाईंमा राजनीतिक सोचमा पनि परिवर्तन आएको हो ?

पहिलो कुरा त मेरो स्वास्थ्यमा सुधार आयो, यसमै खुशी छु । योगा गर्न थालेपछि नुहाएर आएजस्तो शारीरिक चमक बढेको छ । त्यतिमात्र नभई यतिबेला मेरो स्मरण शक्ति बढेको छ, सोच र चिन्तन पनि बढेको छ । राजनीतिक सोच र चिन्तनमा पनि परिवर्तन आएको महसुस भइरहेको छ । यद्यपी, म साधु भएको होइन तर योगा गरिरहेको छु । धेरै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई योगा गर्न आग्रह गर्दछु । नेताहरुमा पनि अध्यात्मक सोच आवश्यक देखेकी छु, योगा जरुरी भएको छ ।

यो बीचमा तपाईंलाई राजनीति छाडौंजस्तो लागेन ?

राजनीति त सानैदेखि गर्दै आएँ । तर बिचमा राजनीतिको कुरा गर्नै मन लागेको थिएन् । एकदम निराशा बढेको थियो । धेरै नकरात्मक कुराहरुले असर पुर्याएको थियो । तर अब म धेरै परिवर्तन भइसकें । सबै कुरालाई सुन्ने र सहने शक्ति बढेको छ । अध्यात्मक सोच र शक्तिले धेरै परिवर्तन आइसकेको छ, हिम्मत बढेको छ ।

प्रधानमन्त्री पुष्पकमकल दाहालको चीन भ्रमणलाई कुन रुपमा हेर्नुभएको छ ?

चीन भ्रमण एकदम जायज छ । तर भ्रमणको तयारी अलिक पुगेनकी जस्तो लागेको छ । केही गृहकार्य गरेको भए धेरै उपलब्धी लिन सकिन्थ्यो । उहाँको भ्रमणले नयाँ सन्देश पनि दिनसक्दछ । चीन, भारत र नेपालबीचको सम्बन्धलाई सकरात्मक सन्देश दिन सक्छ ।

निर्बाचनका विषयमा नेपाली कांग्रेसको तयारी कस्तो भइरहेको छ ?

यस बिषयमा केन्द्रीय समितिको बैठकबाट थप निर्णय होला । तर पार्टीभित्रको गुटगत सोच तत्काल अन्त्य हुनुपर्छ । पार्टी कब्जा गर्ने सोचबाट मुक्त हुनु जरुरी छ । स्थानीय तहको उम्मेदवार छनोटमा पनि केही मापदण्ड बनाएर ‘आफ्नो मान्छे होइन राम्रो मान्छे’लाई छनोट गर्नुपर्छ । पार्टीको आमसभाहरु, प्रशिक्षणहरुको आवश्यक्ता देखिन्छ । नेताहरुले आमसभामार्फत सबै नेता एक भएको सन्देश दिनु जरुरी छ ।

पार्टी सभापति शेर बहादुर देउवाको कार्यशैली कस्तो पाउनुहुन्छ ?

सभापतिले गर्नुभएको कतिपय कामहरु सम्मानयोग्य छन् । तर उहाँले आपसी छलफल र सुझाव सिमित समूहसँग केन्द्रीत राख्नुभएकाले सबैसँग सुझाव संकलन गरेर अघि बढ्नु पर्ने देखिन्छ । नयाँ रणनीतिहरु तयार गर्न बृहत सल्लाह र सुझाव लिएर अघि बढ्नु भयो भने उचित हुन्छ । (पूरा अन्तवार्ता भिडियोमा हेर्नुहोस)

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

ट्राफिक प्रहरीलाई जरिवानासम्म सीमित अधिकार, लाइसेन्स वा साँचो नियन्त्रण गैरकानुनी: सर्वोच्च

वैशाख १८, काठमाडौँ।  सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा