विगत ६ महिना भन्दा धेरै समय सक्रिय राजनीतिमा नदेखिएकी नेतृ कोइराला निर्बाचनलाई सफल बनाउन र कांग्रेस एकढिका भएर अघि बढ्न सकरात्मक सोच आवश्यक रहेको सार्वजनिक अभिब्यक्ति दिइरहेकी छन् । स्थानीय तहको निर्बाचन, प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण र निर्बाचनमा नेपाली कांग्रेसको अवस्थाबारे गरेको कुराकानीको अंश:
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ, कसरी बित्दैछ दैनिकी ?
स्वास्थ्य धेरै ठिक भइसक्यो । विहान र बेलुकी योगा गर्न थालेकी छु । धेरैजसो अध्यात्मक विषयबस्तुका बारेमा जानकारी लिन ध्यान दिने गरेको छु । अहिले नयाँ जिवन पाएजस्तो महसुस भइरहेको छ । योगा गर्न थालेपछि नयाँ सोचको विकास भएको छ । मलाई यस्तो लागिरहेको छ की देश हाँक्ने नेताहरुले अध्यात्मक सोच, योगा र सोच परिवर्तन आवश्यक देखिरहेको छु ।
राजनीतिमा आक्रोशपूर्ण सोच कत्तिको आवश्यक रहेछ ?
त्यस्तो आवश्यक छैन् । देशका लागि काम गर्न सकरात्मक सोच आवश्यक छ । हामीमा अध्यात्मक सोच जरुरी छ ।
क्यान्सरको उपचारपछि तपाईंमा राजनीतिक सोचमा पनि परिवर्तन आएको हो ?
पहिलो कुरा त मेरो स्वास्थ्यमा सुधार आयो, यसमै खुशी छु । योगा गर्न थालेपछि नुहाएर आएजस्तो शारीरिक चमक बढेको छ । त्यतिमात्र नभई यतिबेला मेरो स्मरण शक्ति बढेको छ, सोच र चिन्तन पनि बढेको छ । राजनीतिक सोच र चिन्तनमा पनि परिवर्तन आएको महसुस भइरहेको छ । यद्यपी, म साधु भएको होइन तर योगा गरिरहेको छु । धेरै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई योगा गर्न आग्रह गर्दछु । नेताहरुमा पनि अध्यात्मक सोच आवश्यक देखेकी छु, योगा जरुरी भएको छ ।
यो बीचमा तपाईंलाई राजनीति छाडौंजस्तो लागेन ?
राजनीति त सानैदेखि गर्दै आएँ । तर बिचमा राजनीतिको कुरा गर्नै मन लागेको थिएन् । एकदम निराशा बढेको थियो । धेरै नकरात्मक कुराहरुले असर पुर्याएको थियो । तर अब म धेरै परिवर्तन भइसकें । सबै कुरालाई सुन्ने र सहने शक्ति बढेको छ । अध्यात्मक सोच र शक्तिले धेरै परिवर्तन आइसकेको छ, हिम्मत बढेको छ ।
प्रधानमन्त्री पुष्पकमकल दाहालको चीन भ्रमणलाई कुन रुपमा हेर्नुभएको छ ?
चीन भ्रमण एकदम जायज छ । तर भ्रमणको तयारी अलिक पुगेनकी जस्तो लागेको छ । केही गृहकार्य गरेको भए धेरै उपलब्धी लिन सकिन्थ्यो । उहाँको भ्रमणले नयाँ सन्देश पनि दिनसक्दछ । चीन, भारत र नेपालबीचको सम्बन्धलाई सकरात्मक सन्देश दिन सक्छ ।
निर्बाचनका विषयमा नेपाली कांग्रेसको तयारी कस्तो भइरहेको छ ?
यस बिषयमा केन्द्रीय समितिको बैठकबाट थप निर्णय होला । तर पार्टीभित्रको गुटगत सोच तत्काल अन्त्य हुनुपर्छ । पार्टी कब्जा गर्ने सोचबाट मुक्त हुनु जरुरी छ । स्थानीय तहको उम्मेदवार छनोटमा पनि केही मापदण्ड बनाएर ‘आफ्नो मान्छे होइन राम्रो मान्छे’लाई छनोट गर्नुपर्छ । पार्टीको आमसभाहरु, प्रशिक्षणहरुको आवश्यक्ता देखिन्छ । नेताहरुले आमसभामार्फत सबै नेता एक भएको सन्देश दिनु जरुरी छ ।
पार्टी सभापति शेर बहादुर देउवाको कार्यशैली कस्तो पाउनुहुन्छ ?
सभापतिले गर्नुभएको कतिपय कामहरु सम्मानयोग्य छन् । तर उहाँले आपसी छलफल र सुझाव सिमित समूहसँग केन्द्रीत राख्नुभएकाले सबैसँग सुझाव संकलन गरेर अघि बढ्नु पर्ने देखिन्छ । नयाँ रणनीतिहरु तयार गर्न बृहत सल्लाह र सुझाव लिएर अघि बढ्नु भयो भने उचित हुन्छ । (पूरा अन्तवार्ता भिडियोमा हेर्नुहोस)
आश्विन ०७, ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नंम्बर १० का वडाध्यक्षविरुद्ध जवरजस्ती करणीको जाहेरी
दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि
भदौ २५ ,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन
भाद्र २४, काठमाडौँ । नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका
भदौ २२, काठमाडौं । योगाभ्यास एक शारीरिक व्यायाम मात्र होइन, जीवनलाई सरल र सहज बनाउने
नेपालगन्ज, भदौ २२ गते । नेपालगन्ज उपमहानगरपालिकाले ‘गरिबसँग स्थानीय सरकार’ कार्यक्रम सञ्चालन गर्नेभएको छ । कार्यक्रम