कोलम्बो, ३ बैशाख । श्रीलङ्काको राजधानी कोलम्बोमा फोहोरमैला पुरिएर मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।
घटनामा परी मृत्युहुनेको सङ्ख्या आइतबारसम्म २१ पुगेको स्थानीय प्रहरी अधिकारीले सोमबार जानकारी दिएका छन् । फोहोरमा पुरिएकालाई उद्धार गर्न सयौँ सुरक्षाकर्मीले तैनाथ भएका छन् । गत शुक्रबार ९० मिटर अग्ला बाँध भत्किएपछि आएको फोहोर सहितको बाढीको कारण २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १४५ वटा घर क्षतिग्रस्त बनाएको छ ।
‘घटनास्थलमा निकै तिव्रताका साथ उद्धार तथा सहयोगको प्रयास गरिएको छ,’ एक जना उच्च प्रहरी अधिकारीले भने, ‘यस्तो जटिल अवस्थामा पुरिएका मध्ये कोहीपनि जिवितै होला भन्ने कल्पना गर्न धेरै गाह्रो छ ।’
राजधानीदेखि उत्तरपूर्वी क्षेत्रमा पर्ने कोलोन्नावामा आएको शुक्रबारको प्रकोपमा परी एक जना महिला र तीन जना पुरुष हराइरहेको खवर आएको पनि उनले बताए ।
कोलम्बो नेसनल हस्पिटलले मृत्यु भएका २१ जनामध्ये ११ देखि १५ वर्ष उमेर समुहका चार जना बालबालिका रहेको जनाएको छ । अस्पतालका प्रवक्ता पुष्प सोयसाले हराइरहेकाको अहिले पनि खोजी भइरहेको बताए । रासस/एएफपी
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि